कसैलाई कहिल्यै कुनै कालमा ‘मनोरथ’ले सुखशान्ति दिएको छैन । मनोरथको पूर्तिमा अहङ्कार, समय तथा अन्य मनको आवश्यकता हुन्छ – तिनीहरूले आश्चर्य प्रकटको पराधीनता ल्याउँछन् । अत्यन्त स्वल्प आहार गर, श्वासका साथमा यात्रा गर, सार एवं आवश्यक कुरा यत्ति हुन् ।
हामीहरू गर्ने र पाउने प्रकारका भूmठा शब्दमा यति भट्किएका छौँ कि केही नगर्ने र केही नपाउने निरीह स्थितिलाई जान्दैनौँ ।
चित्तको प्रवाहमा–प्राण र स्मृति यी दुई तत्व बन्दछन् । स्मृतिबाट हिन्दू मत, ईशाई मतको जन्म हुन्छ ।
यी कुनै मत नभए पनि प्राण र चित्ले आफ्नो कर्म गरिरहेका छन् । हाम्रो एक मात्र प्रयास हुनुपर्छ – व्यवसायको त्याग, आवश्यकमा अनासक्ति तथा प्राणमा स्मृति राखेर निर्विचार रहने तत्परता ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













