• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

by
१३ बैशाख २०८१,
0
एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो ।

पोखरा महानगरपालिका–३२ कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

मनले चिताएको पुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि सारिएको पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की बताउँछन् ।

कालिका मन्दिर परिसरको केही तल व्यामशाला बनाउने सोच राखिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए । त्यस्तै नजिकै रहेको हेल्मेट डाँडालाई पर्यटकीयरुपमा विकास गर्ने सोच रहेको उनको भनाइ छ ।

बढ्दो बस्ती विकाससँगै विसं १९८० मा समाजसेवी स्व भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गरेको बुढापाकाबाट सुन्दै आएको स्थानीय समाजसेवी एवं कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विमला थापा बस्नेतले जानकारी दिए । यस मन्दिरलाई स्थापना यता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवं समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूर्ण तीर्थस्थलका रुपमा विकास गर्दै आइएको उनले बताए ।

समयसापेक्षरुपमा यहाँस्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गरी पोखरा महानगरपालिका वडा नं ३२ बाट १५ लाख विनियोजन भएर काम सुरु गरिएको निर्माण समितिका अध्यक्षसमेत रहेकी उनले जानकारी दिए । निर्माणाधीन मन्दिरको यही रामनवमीका दिन क्षमा पूजासहित शिलान्यास गरिएको थियो ।

“वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्नसक्ने देखिदैन । योजनाअनुसार मन्दिर निर्माण गर्दा करिब २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने हामीले अनुमान गरेका छौँ”, उनले भने, “मन्दिर निर्माण सम्पन्न गर्न वडास्थित आमासमूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई तीव्र बनाइएको छ ।”

यस स्थललाई केबल मन्दिरका रुपमा मात्रै नभई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको बताउँदै उनले पर्यटकलाई केही समय यस ठाउँमा भुलाउने गरी पूर्वाधार विकास गरिएमा पोखरामा पर्यटकको बसाई थप एक दिन लम्ब्याउन सकिने धारणा राखे ।

कलात्मक मन्दिर निर्माण गर्ने सोचका कारण पनि लागत बढ्ने बताउँदै उनले वडाको सहयोगका अतिरिक्त विभिन्न सहयोगी महानुभावसँग सहयोगका लागि आह्वान गरिएको बताए । कतिपय व्यक्तिले स्वतःस्फूर्तरुपमा सहयोग बोल्न थालेको उनको भनाइ छ ।

इतिहासको साक्षी भएका कारण पनि स्थानीयले प्राचीनकालदेखि चल्दै आएको पूजाआजालाई निरन्तरता दिँदै आएका छन् । मन्दिरमा सय वर्षअघिको इतिहासलाई कायम राख्दै हरेक वर्ष आश्विन शुक्लपक्ष (वडादशैँ) का साथै चैतेदसैँमा विशेष पूजाआजा गर्ने गरिएको छ । मनोकामना पूरा हुने जनविश्वासका कारण कालिका मन्दिरको आस्था र विश्वास दिनानुदिन बढिरहेको यहाँका स्थानीयवासी बताउँछन् ।

पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दुवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास लिइएको छ ।

मन्दिर निर्माणका लागि वडा कार्यालयले १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवं निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिए।

उनका अनुसार १६ वर्ग स्क्वायर फुटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । जसअन्तर्गत ११ स्क्वायर फुटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फुटको हुनेछ । दोस्रोतला सात वर्ग स्क्वायर फुटमा छ फुट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फुटसहित चार फुट उचाइमा हुनेछ । मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उनले बताए ।

मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिनेछ । जसअन्तर्गत पहिलोतलामा ढोका र दुई वटा झ्याल रहने छन् । दोस्रो र तेस्रोतलामा चार/चार वटा झ्याल रहनेछन् । अगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको उनले जानकारी दिए ।

नजिकै रहेको हेल्मेट डाँडालाई पनि पर्यटकीयरुपमा जोड्ने वडा कार्यालयको लक्ष्य छ । झट्ट हेर्दा हेल्मेट आकारको भएकोले हेल्मेट डाँडाका रुपमा परिचित जङ्गलै जङ्गलले भरिएको यो स्थानमा पर्यटकीय पूर्वाधार विकास गर्ने सोच अघि सारिएको प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए ।

“हामी हेल्मेट डाँडा र कालिका मन्दिर रहेको थुम्कालाई समेटेर पर्यटकीयरुपमा विकास गर्न चाहन्छौँ”, उनले भने, “हेल्मेट डाँडाबाट कालिका मन्दिर रहेको थुम्कोमा जिपलाइन सञ्चालन गर्ने सम्भाव्यता अध्ययन पनि गर्न लागेका छौँ ।”

हेल्मेट डाँडामा पर्यटकीय पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिकाबाट २५ लाख विनियोजन भएकामा उक्त रकमबाट छ फिट चौडाइ र तीन सय ६८ मिटर लम्बाइको सिँढी बाटो निर्माण गर्न लागिएको उनले जानकारी गराए ।

Previous Post

बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ?

Next Post

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In