• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाको कमाण्डमा कतारका राजालाई ‘अति विशिष्ट स्तर’को सुरक्षा

by
११ बैशाख २०८१,
0
सेनाको कमाण्डमा कतारका राजालाई ‘अति विशिष्ट स्तर’को सुरक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । आज (मंगलबार)देखि हुने कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

थानीको दुई दिने नेपाल भ्रमणको सुरक्षा सेनाका रथी अशोक सिग्देलको कमान्डमा विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भएबमोजिम अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो । सिग्देल नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन् ।

सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले कतारी राजाको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने बताए ।
उनका अनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ । बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ ।

कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।
आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो । आमिरको सुरक्षाका लागि उनी हिड्ने रुटमा ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ ।

कतारी राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । कतारका राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । उनले बुधबकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनीहरुबीच नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्तार गर्ने कार्यक्रम रहको छ । कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे स्वदेश फर्किनेछ ।

Previous Post

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

Next Post

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

सम्बन्धित खबर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

१९ साउन २०८३,
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
समाचार

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

१९ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
Load More
Next Post
ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In