• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’

by
२० चैत्र २०८०,
0
‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् ।

रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताइन् ।

नेपाल सरकारको शतप्रतिशत भूभागमा रेडियोको पहुँच पु¥याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पु¥याउन सफल भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै मन्त्री शर्माले बाँकी जनसङ्ख्यामा प्रसारण पहुँच वृद्धि गर्न कटिबद्ध भएर लाग्न आग्रह गरिन् । संवैधानिक मर्मलाई आत्मसात् गर्दै रेडियो नेपालले प्रादेशिक प्रसारणमा प्राथमिकता दिँदै आएको भन्दै उनले अब रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

“हालसम्म २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण गरेर देशको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई सम्बोधन गर्नु समावेशिताको महत्वपूर्ण फड्को नै हो”, उनले भनिन्, “आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रसारण उन्मुख समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ ।”

मन्त्री शर्माले २००७ सालको क्रान्तिको जगबाट स्थापित अग्रणी प्रसारण संस्था रेडियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आइरहेको बताइन् ।

राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्लेख गर्दै मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गरेकी छिन् ।

“टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन ‘पोर्टल’मार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ”, उनले भनिन्, “रेडियो नेपाल गाउँ–सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।”

मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात् गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिइन् । “कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवद्र्धन गर्नु रेडियो नेपालको अभीष्ट बन्नुपर्छ”, उनले भनिन् ।

जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको जनाउँदै मन्त्री शर्माले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएका बताइन् । प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।

मन्त्री शर्माले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताइन् ।

“पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक छ”, उनले भनिन् ।

मन्त्री शर्माले आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम् प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन निर्देशन दिइन् । “बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्छ”, उनले भनिन् ।

सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले रेडियो नेपाल र टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रूपमा विकास गरिने सरकारको लक्ष्य रहेको बताए । उनले सूचनाको हकको प्रत्याभूति गर्ने, सुशासनको पक्षमा अभियान सञ्चालन गर्न तथा शिक्षामूलक, विकासमूलक, जनचेतनामूलक कार्यक्रमलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने बताए ।

रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले मिडियम वेभ, एफएम, अनलाइन र डिजिटल प्लेटर्फममार्फत चौबिसै घण्टा प्रसारण सञ्चालन गरी २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रमसमेत प्रसारण गर्दै आएको बताए । उनले देशका विभिन्न भूगोलको ३२ स्थानमा एफएम रिलेकेन्द्र स्थापना गरी आफ्नो प्रसारण कूल जनसङ्ख्याको ९३ प्रतिशत जनतामाझ पु-याउन सफल भएको जानकारी दिए ।

सो अवसरमा मन्त्री शर्मा र सञ्चार सचिव सुवेदीले संयुक्त रुपमा रेडियो नेपालले प्रकाशन गरेको विमोचन गरेका थिए । मन्त्री शर्माले रेडियो प्रसारण तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावलाई रेडियो नेपाल राष्ट्रिय सम्मान प्रदान गरिन् ।

कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा वर्ष उत्कृष्ट कर्मचारी र उत्कृष्ट रिले स्टेसनलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रव्यापी खुला आधुनिक गीत–सङ्गीत प्रतियोगितामा प्रथम भएका मिलन परियारले आफ्नो गीत प्रस्तुत गरेका थिए । सो प्रतियोगितामा ४८ कलाकारले सहभागिता जनाएका थिए ।

Previous Post

मुग्लिन–पोखरा सडक विस्तारः चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

Next Post

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी

सम्बन्धित खबर

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
आर्थिक

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

१० जेष्ठ २०८३,
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
आवाज

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

१० जेष्ठ २०८३,
नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ
समाचार

नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

१० जेष्ठ २०८३,
Load More
Next Post
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In