• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ कात्तिक २०८३,
0
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

रसुवा। रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन्।

आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाईंकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा।

तीन वर्ष मलेसियामा बिताउनुभएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे। हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे।

विदेशबाट फर्किएको निर्णयलाई सही साबित गर्न उनलाई धेरै समय लागेन। विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लागेका पासाङसँग अहिले करिब रु ४५ लाख बराबरका ६० वटा चौँरी छन्। उनले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौँस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री हुँदै आएको छ।

पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन्। दूध दिने अवधिमा करिब रु ११ लाख बराबरको कारोबार हुन्छ। अन्य छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन्। वार्षिक खर्च कटाएर करिब रु पाँच लाख खुद आम्दानी हुने गरेको उनले बताए।

गोसाईंकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त रु सात लाख अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ। आफ्नै मेहनतले चौँरी फार्मलाई रु ४५ लाख बराबरको सम्पत्तिमा रूपान्तरण गर्न सफल उहाँ पुर्ख्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्याउन चाहन्छन्। “अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्छन्, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ।”

हजुरबुबाको पालादेखि चल्दै आएको चौँरीपालनलाई उहाँ नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत मान्छन्। त्यसैले व्यवसायलाई थप व्यवस्थित बनाउन नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गरेका छन्। विदेश जान युवाको लर्को लागिरहेका बेला पासाङले गाउँमै गरेको यो मेहनतले स्थानीयस्तरमा रोजगारी र आम्दानीको सम्भावना देखाएको छ। परम्परागत पेसालाई व्यावसायिक रूप दिन सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनको सफलताले पुष्टि गरेको छ।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङको मेहनत र लगनशीलताको प्रशंसा गर्छन्। उनका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय र नमुना किसान हुन्।

त्यस्तै, वडा नं ६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पनि पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउँछन्। “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उनी भन्छन्।

परिवारको पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले देखाएको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ।

अघिल्लो समाचार

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

अर्को समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन
समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
समाचार

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
समाचार

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल
समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१९ कात्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
समाचार

कांग्रेसको सरकारलाई चेतावनी : ‘भय र भ्रमको शासन बन्द गर, जनताका मुद्दामा केन्द्रित होऊ’

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन