• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

टर्कीको स्थानीय चुनावमा राष्ट्रपति एर्दोगानलाई झट्का

by
२० चैत्र २०८०,
0
टर्कीको स्थानीय चुनावमा राष्ट्रपति एर्दोगानलाई झट्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अंकारामा स्थानीय चुनावमा ठूलो जित हासिल गरेको छ । यी परिणामहरू देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो झट्का लागेको विश्लेषण गरिएको छ ।

गत वर्ष तेस्रो पटक राष्ट्रपतीय चुनाव जितेका एर्दोगानले स्थानीय चुनावमा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेका थिए । इस्तानबुल मेयरको चुनावमा एर्दोगान आफैंले अभियानको जिम्मेवारी लिएका थिए । यही सहरमा हुर्केका उनी यहाँको मेयर पनि भइसकेका छन् ।

तर २०१९ मा पहिलो पटक यस सहरको मेयर बनेका एकराम इमामोग्लुले धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका उम्मेदवारका रूपमा ठूलो जित हासिल गरेका छन् । एर्दोगानले चुनावी अभियानका क्रममा १ करोड ५० लाख जनसंख्या भएको यो सहरलाई रूपान्तरण गर्ने वाचा गरेका थिए । तर एर्दोगानको एके पार्टीका उम्मेदवारले करिब १० लाख मतले हार बेहोरेको थियो । २१ वर्षअघि सत्तामा आएका एर्दोगानका लागि यो पहिलो पराजय हो ।

टर्कीको राजधानी अंकारामा मेयर पदका लागि विपक्षी दलका उम्मेदवारले आधा मतगणनापछि मात्रै आफ्नो जित घोषणा गरेका थिए । उनका समर्थकहरूले शहरको सडकमा झण्डा फहराउँदै र कारका हर्न बजाउँदै हिडेका थिए ।

टर्कीको चौथो ठूलो सहर बुर्सा र बालिकेसिरमा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले जित हासिल गरेको छ । यसबाहेक, पार्टीले इज्मिर, अडाना र अन्टाल्यामा आफ्नो शक्ति कायम राखेको छ ।

राष्ट्रपति एर्दोगानले चुनावको नतिजा अपेक्षित नभएको तर आफ्नो पार्टीका लागि यो टर्निङ प्वाइन्ट साबित हुने आशा व्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई आफूले सधैं जनमतलाई समर्थन गर्ने र यसपटक पनि मतदाताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।

शक्तिशाली एर्दोआन

रेसेप तैयप एर्दोगान एक शक्तिशाली राष्ट्रपति हुन् । उनले आफ्नो हैसियतमा शक्तिको सबै शक्ति समाहित गरेका छन् । प्रधानमन्त्रीसँग विशेष अधिकार छैन । तर सहरहरूमा निर्वाचित मेयरहरूसँग विशेष अधिकार हुन्छ ।

चुनावी अभियानका क्रममा एर्दोगानले यो आफ्नो अन्तिम अभियान भएको बताएका थिए । राष्ट्रपतिको रूपमा उनको अन्तिम कार्यकाल २०२८ मा समाप्त हुँदैछ । तर एर्दोगानका आलोचकहरूले यदि उनले यी चुनाव जितेको भए संविधान संशोधन गरेर फेरि राष्ट्रपतिको चुनाव लड्ने दाबी गर्छन् । यो नाटकीय पराजय पछि उनले संबिधान संशोधनको बाटोमा जान असफल हुन सक्ने समेत विश्लेषण गरिएको छ ।

टर्कीका राजनीतिक टिप्पणीकारहरुले सीएचपीले एर्दोगानलाई आफ्नो राजनीतिक करियरको सबैभन्दा ठूलो झट्का दियेको विश्लेषन गरिरहेका छन् । यो पार्टीको सन् १९७७ पछिको सबैभन्दा ठूलो जित हो ।

चुनावी नतिजाहरू सीएचपी अध्यक्ष अजगुर ओजेलको लागि ठूलो जीत हो । सीएचपीका इमामग्लु र मन्सुर याभासलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि सम्भावित उम्मेदवार मानिन्छ ।

इमामोग्लुका समर्थकहरूले ‘सबै ठिक हुनेछ’ भन्ने नारा लगाएका थिए । पाँच वर्षअघि एर्दोगानको पार्टीलाई हराएपछि इमामोग्लुले आफ्ना समर्थकहरूलाई यो नारा दिएका थिए ।

टर्कीको ८५ मिलियन जनसङ्ख्याको पाँचौँ भाग इस्तानबुलमा बस्छन् । इस्तानबुलमा शासन गर्नेले नै टर्कीको अर्थतन्त्र पनि नियन्त्रण हुन्छ भन्ने विश्वास छ । पाँच वर्षअघि इमामग्लुले इस्तानबुलमा एके पार्टीलाई हराएर मेयरको चुनाव जितेका थिए । तर गत वर्षको राष्ट्रपतिको निर्वाचनमा विपक्षी विखण्डन भयो र पार्टी पराजित भयो ।

तर टर्किएको सत्तारुढ एके पार्टी देशको कमजोर अर्थतन्त्रसँग संघर्ष गरिरहेको छ । अहिले टर्कीमा मुद्रास्फीति दर ६७ प्रतिशत र ब्याजदर ५० प्रतिशत छ ।

अहिले टर्कीको पश्चिमी, दक्षिणी र उत्तरी भाग विपक्षी दल सीएचपीको नियन्त्रणमा छ । देशको दक्षिणपूर्वी भागमा कुर्दिश डेम पार्टीको वर्चस्व छ । तर केन्द्रीय टर्कीमा, एर्दोगानको एके पार्टीको शासन छ । २०२३ मा भयानक भूकम्प गएका क्षेत्रहरूमा पनि एर्दोगानको अवस्था राम्रो छ ।

Previous Post

नेपालको अर्थतन्त्र सुधारोन्मुख छ : विश्व बैङ्क

Next Post

इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२७ असार २०८३,
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
फिचर-ब्यानर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

२७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

२७ असार २०८३,
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
आवाज

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

२७ असार २०८३,
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

२७ असार २०८३,
Load More
Next Post
इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In