• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्व क्षयरोग दिवसः संक्रमण र मृत्युदरमा वृद्धि

by
११ चैत्र २०८०,
0
विश्व क्षयरोग दिवसः संक्रमण र मृत्युदरमा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा १९७ पुरुष र ८७ महिला गरी २८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षयरोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताए । ‘जिल्लामा अहिले २८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ’, उनले भने, ‘औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।’

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए ।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताए । ‘जिल्लामा गत आव २०७९/८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो’, उनले भने, ‘आव २०७७/७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।’

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताए । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर ९ड्रक रेसिस्टेन्ट० होस्टल रहेको छ । चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डीआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । ‘चालु आवको माघसम्म १७ जनामा डीआर क्षयरोगी भेटिएका छन् । चितवनका ११, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्’, उनले भने ।

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ९४५ डट्स केन्द्र रहेको छ । ‘जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङख्या बढ्दै गइरहेको छ’, फोकल पर्सन तिवारीले भने, ‘समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।’

क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताए । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उनले बताए ।

विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन् । ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

नेपालमा गत आव २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा रहेको छ । सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा १८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

Previous Post

बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका

Next Post

पाल्पामा बन्दुकसहित एक जना पक्राउ

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
दुई चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ

पाल्पामा बन्दुकसहित एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In