• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

by
११ चैत्र २०८०,
0
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइनन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।

रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पना मात्र । सुरुमा रोगको वेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा. कविता साहसँग सम्पर्क गरिन्। आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन् ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कदा रोगले च्याप्दै गएको थियो ।  ‘धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए । उनी भन्छिन्, पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।’

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा. साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन् । उनले​ भनिन्,  ‘दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो । लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन् । उनले भनिन्, मेरो समस्या सुनेर घर परिवार मात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो भएको छ ।’

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबढी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उहाँको शल्यक्रिया गरेपछि उनले पनि समस्याबाट मुक्ति पाएकी छिन् ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा. साहको बुझाई छ ।  ‘महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुन सक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान्’ उनले भनिन् ।

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् ।  ‘म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।” यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ ।

दुई महिनाको बीचमा डा. साह आएदेखि दुई जना महिलाको सफल शल्यक्रिया भइसकेको छ ।  ‘म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ ।’ उनले भनिन् ।

डा. साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउँछन्।  ‘जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।’

डा. साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको  छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनीहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज विशङ्खले बताए । महिलाको  शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको उनले सुनाए । उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलो पटक भएको हो । जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफासिर गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उनले बताए ।

डा. विशङखका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन  । डा. साह आइसकेपछि भने दुई वटाको शल्यक्रिया भइसकेको उनले बताए ।

Previous Post

बलेवा विमानस्थलमा हवाईसेवा सञ्चालनको माग

Next Post

आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
Load More
Next Post
आज फागुन पुर्णिमा अर्थात होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In