• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

by
८ चैत्र २०८०,
0
जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलबारी (मोरङ)। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन् ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

उनका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्मस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गौतमले बताए ।

उनका अनुसार यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइलगायत प्रजाति पर्ने चरा विद्हरु बताउँछन् ।

अघिल्लो वर्षभन्दा यस वर्ष कोशीटप्पु आरक्ष क्षेत्रमा चराको सङ्ख्यामा कमी आएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले बताए ।

उनका अनुसार ‘मिड–विन्टर वाटर वर्ड सेन्सस–२०२४’ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका पाँच हजार पाँच सय २७ सङ्ख्यामा चरा फेला परेका छन् । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चराको तथ्याङ्क रहेको उनको भनाइ छ ।

बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

गत पुस २५ देखि २९ गतेसम्म भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको थियो । गौतमका अनुसार कोशीमा सबैभन्दा धेरै आठ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् ।

उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ रहेका उनले जानकारी दिए । कोशीटप्पु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको उनले बताए ।

चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका वाडेन रमेशकुमार यादवले बताए ।

चरा उड्ने ठाउँमा बिजुलीको हाइटेन्सन लाइनको अवरोध गर्दा पनि आगन्तुक चरा घट्ने क्रममा रहेको उनको भनाइ छ । “हाइटेन्सन लाइनमा इन्सुलेट गर्नुपर्ने हुन्छ । वनमा चराले आहारा पाउन छाड्दै गए, साथै वनमा लाग्ने डढेलोले चरालाई प्रत्यक्ष असर पुराएको छ”, वाडेन यादवले भने ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले सङ्ख्या घटेको हुनसक्ने कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताए ।

“मानव बस्ती र मानवीय व्यवहार, पूर्वाधार निर्माण, जलवायु परिवर्तनको असर, वनमा लाग्ने आगोलगायत कारणले पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ”, उनले भने ।

पन्छी समाजका अध्यक्ष तिम्सिनाका अनुसार दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कने उनले जानकारी दिए ।

“यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ”, पन्छी समाजका अध्यक्ष तिम्सिनाले भने ।

उनका अनुसार नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत हुन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

Previous Post

कोल्डड्रिङ्स दाँत र हड्डीको जघन्य शत्रु हो

Next Post

आचार्य रजनीश ओशोका केही अमर वाणीहरु

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
ईर्ष्या  गर्ने व्यक्तिको सबैभन्दा ठूलो शत्रु ईर्ष्या नै हो । –आचार्य रजनीश ओशो

आचार्य रजनीश ओशोका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In