हामीले प्रकृतिबाट सिक्न आवश्यक छ । वैज्ञानिकहरुका अनुसार भमराको जीउ गह्रुँङ्गो हुन्छ । त्यसको अनुपातमा उसको पखेटाको फैलावट साँघुरो र सानो हुन्छ । जीउलाई धान्ने हावा खिच्न नसक्ने कारणले गर्दा सिद्धान्ततः भमरो उड्न सक्दैन । भमराले यो आफ्नो कमजोरी थाहा नपाएकै हुनाले उडिराख्छ ।
भमराकै सिद्धान्त हामीमा पनि लागू हुनेगर्छ । सीमा थाहा छैन भने कहिलेकाहीँ हामी पनि असाधारणखाले कामहरु गर्नुपुग्छौँ । भइसकेपछिको त्यो कामको मूल्याङ्कन आफैले गर्नपुग्दा पो हामी आफैँ छक्क पर्छाैं । मैले नै गरेको हो र ! हैन कसरी हुनसक्यो ? के मेरो क्षमताको सीमा थिएन ? यी सोच खेलाएर हामी आफैं अचम्ममा पर्नपुग्छौँ ।
व्यक्ति यही सीमामा बाँधिन्छ जुन सीमा उसले आफ्नै निम्ति निर्धारण गर्छ । अवास्तविकताको आँकलनमा अल्झिनसक्ने हुनाले आफ्नै निम्ति निर्धारण गर्छ । अवास्तविकताको आँकलनमा अल्झिनसक्ने हुनाले पनि शिक्षालाई आफूमाथि सीमा तोक्न नदिनोस् ।
साभारः ‘तपाईंको जित’ पुस्तकबाट













