• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोरबाट उद्धार गरिएकी फुरदिकुको पाटन अस्पतालमा उपचार सुरु

by
१५ फाल्गुन २०८०,
0
खोरबाट उद्धार गरिएकी फुरदिकुको पाटन अस्पतालमा उपचार सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ। खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा।अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एक जना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।’

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली बेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जिपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्‍याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताएका छन् । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दुखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनकलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेका छन् ।

एक छोराकी आमा फुरदिकुले विसं २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गरेकी थिइन् । प्रेम विवाह गरेकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो ।

पच्चीस वर्षकै उमेरमा विधवा बनेकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्केकी थिइन्। श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए ।

आमासँगै मावली घर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताए ।

फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार पाँच सय भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुका लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादीक्षामा उपयोग गर्ने गरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गरेका पत्रकार चिसाङले बताए ।

Previous Post

वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज

Next Post

आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा

सम्बन्धित खबर

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
Load More
Next Post
आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा

आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In