• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

by
७ माघ २०८०,
0
तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए । उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको जानकारी दिए ।

उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए । नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको उनको भनाई थियो । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्त्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने जिकिर गरे । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानुनहरू नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनले बताए ।

उनले भने, ‘अहिलेको परिस्थितिमा जसले जुन निकायले त्यो फाइल अध्ययन गर्छ उनीहरूले बुझिदिनुपर्छ की यो देशकै सम्पत्ति हो । हाम्रो हो भन्ने भावना बुझ्नुपर्छ । हेर्न र अध्ययन गर्न वर्षौँ लगाएपछि उपाय हुँदैन । पदाधिकारीले पनि जागरूकताका साथ हेर्नुपर्छ । कर्मचारीतन्त्रमा ढिलासुस्तीले गर्दा ढिलो भएको छ । अब ढिलो हुँदैन । आफ्नो कार्यकालमा पूरा गरेर नै छोड्छु ।’

यता, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको सम्पदाको सहर भएको बताए । नले पनौतीमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताए । मूर्त र अमूर्त गरी पनौतीमा मात्रै ७० बढी सम्पदाहरू रहेकाले यो सहर एउटा खुला सङ्ग्रहालय रहेको उनको भनाई थियो । उनले स्वर्ग लोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरूले भरिपूर्ण रहेको बताए ।

त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौती सहर धेरै पुरानो सहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘विश्व सम्पदा सूचिमा राख्ने प्रयास २०५२ सालदेखिको हो । पनौतीमा फ्रान्स सरकारले एउटा प्रोजेक्ट लागू गरेको थियो । फ्रान्समा पनि यस्तै कलाकृतिले भरिपूर्ण खैजीलेमु भन्ने सहर छ । त्यो यो र हेरेर प्रोजेक्ट गरेका थिए । यो धेरै पुरानो सहर भएकाले विश्व सम्पदा सूचिमा राख्नुपर्ने उहाँहरूको आह्वान थियो । यहाँ आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक फ्रान्सका छन् । हामीले बुझाउन नसक्दा अहिले आधुनिक घरहरू निर्माण भए । अहिले उनीहरूले ८० वटा जति घरहरू पुरानै शैलीमा बनाए राख्ने कुरा भनेका छन् ।’

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो ।

Previous Post

बच्चालाई राम्रो बनाउन सिकाउनै पर्ने केही बानी

Next Post

मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन

सम्बन्धित खबर

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन

मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In