• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्याम्पसको नवनिर्मित भवनमा गाईगोठ, ठेक्कापट्टाको फाइल नै गायब !

by
२ माघ २०८०,
0
क्याम्पसको नवनिर्मित भवनमा गाईगोठ, ठेक्कापट्टाको फाइल नै गायब !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जको एक मात्र समुदायिक क्याम्पस हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लागेको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्वक्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । पूर्वक्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेका कारण क्याम्पसबाट ठेक्कापट्टाको फाइल नै गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगञ्ज(३, आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एकतल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्वक्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रूपैयाँमा निर्माण गरिएको नयाँ भवनमा व्यापक आर्थिक भ्रष्टाचार गरेको आरोप लगाए ।

२०७६ सालमा सन्तोष निर्माण सेवाले इबिडिगमार्फत ठेक्का सकारेर निर्माण गरेको भवनको आधाभन्दा बढी काम अधुरै रहे पनि पूर्वक्याम्पस प्रमुख यादवले निर्माण कम्पनीलाई दुई वर्षअघि नै सम्झौताअनुसार पूर्ण भुक्तानी गरिसकेको बताए । यसबारेमा आवश्यक कारबाहीका लागि लेखा प्रमुख विनोद यादवसँग ठेक्कापट्टाको फाइल माग गर्दा उनले पूर्वप्रमुखले नै फाइल लिएको बताए । लेखा प्रमुख यादवले सबै रकम ठेकेदारलाई भुक्तानी गरिसकेको भन्दै मौखिक जवाफ दिएको रायले बताए ।

३८ वर्षदेखि क्याम्पस प्रमुखको रूपमा काम गर्दै आएका भगवान् यादवले व्यापक भ्रष्टाचार गरेका आरोपहरू उठ्न थालेपछि क्याम्पस सञ्चालक समितिले उनलाई अनिवार्य अवकाशका लागि दबाब दिएको थियो । प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मङ्सिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई बर्खास्त गरेर पुस १ गतेदेखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको थियो । जबरजस्ती हटाएको विरोधमा पत्रकार सम्मेलन गरेर नै तत्कालीन क्याम्पस प्रमुख भगवान् यादवले विरोध जनाएका थिए ।

निर्माण कम्पनीसँग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा रङरोगनसहित भवन निर्माणको काम सबै सम्पन्न गरेर क्याम्पसलाई भवन हस्तान्तरण गर्ने र भुक्तानी गर्ने उल्लेख थियो । यसबारेमा पूर्वक्याम्पस प्रमुख भगवान् यादव र ठेकेदार सन्तोष पटेलको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

हरिखेतान क्याम्पसको अधुरो नवनिर्मित उक्त भवनमा अहिले स्थानीयले गाईगोठका रूपमा प्रयोग गर्न थालेका छन् । नवनिर्मित भवनमा पुग्दा बरन्डा छेउको कोठामा गाई बाँधेर राखिएको थियो भने बरन्डा परिसर गाईको गोबरले भरिएको थियो । भवनका अन्य कोठाहरूमा बजारबाट सङ्कलन गरिएका कवाडी भण्डारण गरिएको थियो ।

निमित्त क्याम्पस प्रमुख रायले भने अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कवाडी सामानहरु अविलम्ब हटाइने बताए । भवन निर्माणमा गरिएका अनियमितताको कानुनी रूपमा टुङ्गो लागेपछि मात्र अधुरो काम पुरा गरेर भवनमा कक्षा सञ्चालन गरिने रायको भनाइ थियो ।

स्रोत : अनिल तिवारी, वीरगञ्जरआईएनएस/स्वतन्त्र समाचार

Previous Post

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

Next Post

मेस्सी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
मेसी इफेक्टः पिएसजीले इन्स्टाग्रामका १५ लाख फलोअर गुमायो

मेस्सी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In