• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कफी खेतीमा गवारोको प्रकोप, मर्न थाले बोट

by
२७ पुस २०८०,
0
मकै र गहुँको सट्टा कफी खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफी खेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् ।

चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिएका छन् । कफीमा पर्याप्त मात्रामा छहारी नहुँदा चिसो मौसममा गवारोले आक्रमण गर्ने गरेको उनी बताउँछन् ।

‘तुसारो र गवारोबाट जोगाउन कफीका बिरुवा र बोटलाई छहारी दिने खालका रुख तथा बिरुवा लगाउनु पर्छ’, प्रमुख आचार्यले भने । कफी खेतीबाट मनग्य आम्दानी हुने हुँदा किसानले कफी खेतीलाई व्यावसायिकरूपमा अघि बढाउन थालेका छन् । स्थानीय पालिकाले पनि व्यावसायिकरूपमा कफीखेती गर्ने किसानलाई बिरुवामा अनुदान उपलब्ध गराउने नीति बनाएका छन् । तर छहारी र सिँचाइ अभावमा कफीका बिरुवा जोगाउन मुस्किल भएको किसानको गुनासो छ ।

रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गवारोले सताउने गरेको बताइन् । तुसारो र छहारीको समस्याका कारण अधिकांश कफीका बोटमा पात पहेँलो हुने र बोट विस्तारै सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ ।

लामो समयदेखि व्यावसायिकरूपमा कफीखेती गर्दै आउनुभएका मुसिकोट नगरपालिका–३ का पदमपाणि घिमिरेको समस्या पनि भट्टराईको जस्तै छ । उनको बगैँचामा अहिले सात सयभन्दा बढी कफीका बोट छन् । कफी बगैँचामा गवारोको प्रकोप देखिन थालेपछि घिमिरले प्राविधिकलाई समस्याबारे जानकारी गराएको बताए ।

जिल्ला सदरमुकाम र स्थानीय पालिकामा आयोजना हुने कफीका कार्यक्रममा अधिकांश कफी किसानले गवारो कफी खेतीका लागि मुख्य समस्या भएको भन्दै गुनासो गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गाकुमारी पोख्रेलले जानकारी दिइन् । केन्द्रले जिल्लामा कफी खेतीबाट कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर किसानलाई बिरुवामा अनुदानका साथै प्राविधिक ज्ञान र सीप उपलब्ध गराउँदै आएको छ ।

किसानले गरेको मेहनतको आधारमा कफीबाट सोचे जस्तो प्रतिफल हात पार्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । कफी किसानले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एउटा ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा फ्रेसचेरी कफीको मूल्य प्रतिकिलो रु एक सय, ड्राइचेरीको रु एक सय ५० र पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो रु पाँच सय रहेको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले समेत जिल्लामा कफीको अनुसन्धानसँगै कफीखेती विस्तारमा काम गर्दै आएका छन् । जिल्लामा एक हजार आठ सयभन्दा बढी किसान र विभिन्न सङ्घसंस्था कफी खेतीमा संलग्न रहेको बताइएको छ ।

Previous Post

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

Next Post

अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

सम्बन्धित खबर

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
Load More
Next Post
अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In