• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

by
२५ पुस २०८०,
0
फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ ।

धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गर्नुभएको थियो । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।

म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहनुभएको बेला यसै साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, “गणतन्त्रका राष्ट्रपतिले श्री ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।”

फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गर्नुभएको छ । जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाउनुभएको छ । उहाँ राजनीतिकरूपमा महत्त्वपूर्ण शिक्षा मन्त्रालयमा आफ्नो कार्यकालपछि सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्छ ।

सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो ।

यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।

एटलको तुलना उहाँका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

एटलको अधिक लडाकू शैली उहाँका पूर्ववर्ती बोर्नको विपरित हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बन्नुभएको थियो ।

एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड सजिलै तोड्नुभएको छ । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिन सक्नुहुने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, “ग्याब्रिएल एटल, नयाँ म्याक्रोन रु”

आफ्नो आत्मविश्वास र राम्रो अनुहारका रूपमा जानिने एटलले स्वयंलाई म्याक्रोनको सरकारको सबैभन्दा महत्त्वाकांक्षी मन्त्रीहरूमध्ये एक प्रमाणित गर्नुभएको छ । यद्यपि आफ्नो सापेक्ष अनुभवहीनताका बावजुद उहाँले दृढ र निर्णायक व्यक्तिका रूपमा ख्याति कमाउनुभएको छ ।

गत साता प्रकाशित ओडोक्सा सर्वेक्षणअनुसार एटल सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्छ । एक तिहाइभन्दा धेरै मानिसले प्रधानमन्त्रीका रूपमा उहाँको नियुक्तिलाई समर्थन गरेका छन् ।

राष्ट्रपतिसँग सम्बन्धित नजिकको स्रोतले भनेको छ, “युवा, जनमत र युरोपेली निर्वाचन अभियानको नेतृत्व गर्ने वास्तविक वा सम्भावित क्षमताले छनोटमा फरक पारेको छ ।” नाम उल्लेख नगर्ने सर्तमा एक मन्त्रीले भनेका छन्, “उहाँ लोकप्रिय हुनुहुन्छ, युवा हुनुहुन्छ र उहाँ म्याक्रोनले बनाएको व्यक्ति हुनुहुन्छ ।”

Previous Post

बालबालिकालाई संस्कारी बनाउन गर्नैपर्ने काम

Next Post

टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड

टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In