• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

by
३० कार्तिक २०७९,
0
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा – चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन्। आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ। किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन्।

परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, गाउँमा बाँदर आतङ्क रोक्नेलगायतको प्रबन्ध मिलाउन गुनासो उम्मेदवारसमक्ष सुनाउँदै यसमा सम्बोधन गरी प्रतिबद्धता जनाउन अनुरोध गरिरहेका छन्।

प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन्। धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए।

‘व्यवसाय सुरु गरेर बीचमै धेरैले छाडेका छन्, व्यावसायिक रूपमा कृषि गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले ल्याउनुपर्छ’, उनले भने, ‘अर्कोतर्फ प्रविधि नजान्दा लगानी र मेहेनतअनुसारको उत्पादन किसानले लिन नसकिरहेको अवस्था छ, बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र बाहिरबाट भित्रिने कृषि उपज कम गरी स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो।’

थापाले साना, मझौला र ठूला किसान वर्गीकरण गरी सोको आधारमा सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापा बताए। भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्ने उनी बताउँछन्। निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरेका छन्।

व्यावसायिक तरकारी तथा फूलखेती गरेका थापाको फार्ममा भेटघाट गर्न पुगेका नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उनले साना किसानलाई व्यवसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने खालको कार्यक्रम ल्याउने सुनाए।

‘किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, समयअनुसार चलनचल्तीमा आएका आधुनिकीकरण प्रविधि विस्तार, कृषि पेसालाई सम्मानित र गर्व गर्न लायकको कार्यक्रममा जोड दिनेछु, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने खालका योजना किसानमाझ ल्याएको छु’, उम्मेदवार रानाले भने।

रम्भा गाउँपालिका १ सगाहाका अगुवाका कृषक ऋषिराम अर्यालले साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउँछन्। उनले गाउँघरमा मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिनुपर्ने माग गरे।

उनी भन्छन्, ‘कृषिमा साना योजनाले दीर्घकालीनरूपमा व्यवसाय टिकाउन सकिँदैन, व्यवसाय गरेपछि बीचमै छाड्न नपर्ने गरी व्यवसाय गर्ने वातावरण बनाउन दिनुपर्छ, अनुदानमा किसानलाई विभेद छ, व्यवसायको आधारमा उपलब्ध गराउनुपर्छ।’ गाउँमा बाँदर आतङ्कले सताउने गरेकाले यसको व्यवस्थापनमा सबैले विशेष योजना बनाएर किसानले आफ्ना खेतबारीमा ढुक्कले खेती लगाउने वातावरण सिर्जना गरिदिनुपर्ने अर्यालको भनाइ छ।

निस्दी गाउँपालिका–२ सहलकोटस्थित भाङबारीका यमबहादुर मश्राङ्गीले गाउँमा खेर गएका पाखो बारीभरि तरकारी लगाएर हरियाली बनाएका छन्। विगत एक दशकदेखि गाउँको जग्गा सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती थालनी गर्नुभएका यमबहादुरले प्रशस्त तरकारी उत्पादन गर्छन्। यमबहादुर हाल करिब १२ रोपनी जग्गामा विभिन्न जातका तरकारी बाली लगाएर जग्गा हराभरा बनाएका छन्। तरकारी फल लाग्न थालेपछि बजार पुर्‍याउने चिन्ताबाट अहिलेसम्म मुक्त हुन सकेका छैनन्।

‘पानी नपरेका समय गाडीमा राखेर बजार पठाउने गरिएको छ, गाउँको कच्ची बाटो ढुवानी भाडा महँगो तिर्नुपर्छ’, उनले भने, ‘पानी परेपछि कच्ची बाटो पुरै बन्द हुँदा बजारको समस्याले सधैँ पिरोल्छ।’ हाल उनको बारीमा चौमासे सिमी, गोलभेँडा, बन्दा जातका तरकारी बाली छन्। बजारदेखि गाउँ जोडिएका सडक बाह्रै महिना गाडी सजिलै गुड्ने व्यवस्था गराउन उम्मेदवारसँग अनुरोध गर्छन्। वर्षायाममा तरकारी बजार समयमा नै सडक समस्याले पठाउन नसक्दा बारीमै कुहिएर जाने गरेको यमबहादुरको गुनासो छ।

‘गाउँमा प्रशस्त जग्गा छन्, तरकारी जति पनि उत्पादन गर्न सक्छौँ तर हामी किसानलाई बजारमा सहजरूपमा पुर्‍याउने माध्यम चाहियो, अब निर्वाचन जितेर आउने नेतृत्वले किसानको समस्यालाई दृष्टिगत गर्दै बजारसम्म जुनसुकै समयमा सजिलै ढुवानी गर्न सक्ने वातावरण मिलाइदिनुपर्‍यो’, उनले भने।

किसानलाई सानो सहयोगभन्दा पनि प्याकेजमा ठूला खालका कार्यक्रम आवश्यक रहेको उनको माग छ। उनले वार्षिकरूपमा तरकारी बेचेर करिब रु नौ लाखसम्मको आम्दानी गर्न सफल भएका छन्। उत्पादन गरेका तरकारी हाल रामपुरको बेझाड बजारमा बिक्री गर्दै आएका छन्। रामपुरबाट गाउँसम्म जोड्ने सडक व्यवस्थित नहुँदा कहिलेकाहीँ लगानी पनि उठाउन धौ–धौ हुने गरी महँगो भाडा तिरेर बजार पठाउनुपर्दा किसानलाई समस्या परेको उनको भनाइ छ।

सडक पूर्वाधार बलिया र भरपर्दो नहुँदा गाउँमा तरकारी लगाएका किसान उत्पादन लिने समय भएपछि सजिलैसँग बजार पठाउन पाइन्छ या पाइँदैन भन्ने चिन्तामा पिरोलिएका हुन्छन्। उत्पादन लिने बेला वर्षा पर्दा सबै तरकारी बारीमै कुहाउन धेरैपटक बाध्य हुनुपरेको किसान बताउँछन्। व्यावसायिक खेती गरेका कतिपय किसान प्रविधि नजान्दा लगानी उठाउन नसक्ने अवस्था छ। अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुँदा साना र वास्तविक किसान सधैँ राज्यको सुविधा लिनबाट वञ्चित हुनुपरेको छ।

Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

Next Post

कनेक्टिभिटी परियोजनाहरूले साझेदार देशहरूको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न आवश्यक छ

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
Load More
Next Post
वन्दे भारत मिशनलाई हाइलाइट गर्दै जयशंकर

कनेक्टिभिटी परियोजनाहरूले साझेदार देशहरूको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न आवश्यक छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In