• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि यान्त्रिक उडान

by
३० कार्तिक २०७९,
0
पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि यान्त्रिक उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाईट’ सञ्चालन गरिने भएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिनुभयो । यसअघि प्राधिकरणले मङ्सिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो । पोखरा विमानस्थलमा एकसाता यान्त्रिक उडान हुनेछ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।

यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौँ”, प्रवक्ता निरौलाले भन्नुभयो । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

प्रवक्ता निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाई कम्पनीको जहाज गत आइतबार नै काठमाडौँ आइसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने प्रवक्ता निरौलाले बताउनुभयो । एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाई तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।
काठमाडौँ विमानस्थलमा यान्त्रिक यडान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एरोथाइको जहाजबाट यान्त्रिक परीक्षण उडान सुरु भएको छ । आइतबार काठमाडौँ आइपुगेको प्राविधिक उपकरण जडित उक्त जहाजले सोमबारदेखि नै यान्त्रिक उडान सुरु गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो । अहिले दिउँसोको समयमा दैनिक पाँच घण्टा यान्त्रिक उडान भइरहेको छ । पाँच दिनसम्म यान्त्रिक उडान हुनेछ । यो उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्यरुपमै सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँपछि पोखरा विमानस्थलमा यान्त्रिक उडान हुनेछ । पोखरालगत्तै भैरहवा, नेपालगञ्ज, धनगढी, चन्द्रगढीलगायत विमानस्थलमा परीक्षण उडान हुन्छ । यान्त्रिक उडान हरेक वर्ष गरिन्छ । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण नियमित यान्त्रिक उडान भएको थिए । प्रवक्ता निरौलाले यान्त्रिक उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चार उपकरणको ‘भेरिफाइड’ गरिने जानकारी दिनुभयो ।

चौध मिटर काटियो रिट्ठेपानी डाँडा

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ । उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।

Previous Post

मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

Next Post

ओलीमाथि खनिदै प्रचण्डले भने – अब धोकेबाजसँग कुनै समीकरण हुँदैन

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’

ओलीमाथि खनिदै प्रचण्डले भने – अब धोकेबाजसँग कुनै समीकरण हुँदैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In