• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

by
१० मंसिर २०८०,
0
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।

गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।

नियमित तथा व्यावसायिक अन्तर्राष्ट्रिय उडान पोखराबाट सुरु नभएको भए पनि खेलाडी बोकेर आउने तथा अन्य प्रयोजनको लागि आउने चार्टर उडानका लागि काठमाडौंको टोली पोखरा आउँदा व्यवस्थापनमा समस्या हुने गरेको थियो। तत्कालका लागि व्यावसायिक उडान नभएको भए पनि चार्टर र आउँदा दिनमा सुरु हुने व्यावसायिक उडानलाई ध्यानमा राखेर गृह मन्त्रालयले पोखराका लागि २९ जना कर्मचारीको दरबन्दी खडा गरेको छ। अहिले कामको चाप नभएकाले विमानस्थलमा औपचारिक रूपमा अध्यागमन कार्यालय सञ्चालन गर्न १० जना कर्मचारीहरू खटिरहेका छन्।

‘नेपाल सरकारले यहाँको विमानस्थलमा अध्यागमन कार्यालयका लागि दरबन्दी स्वीकृत गरिसकेको छ। गृह मन्त्रालयले खटाएका कर्मचारीहरू विधिवत रूपमा हाजिर भएर कार्यालय स्थापना गरेर अगाडि बढेका छौँ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयबाट जस्तो प्रकारको सेवा प्रवाह हुन्छ यहाँबाट पनि अराइभल र डिपार्चरका त्यस्तै प्रकृतिका कामहरू हुने छन्’, अध्यागमन अधिकृत न्यौपानेले भने, ‘कामको चापको हिसाबले काठमाडौंको कार्यालयमा कर्मचारीको सङ्ख्या र कामको चाप बढी हुन्छ भने यहाँ भर्खरै त्यस्तो चाप छैन।

यहाँको व्यस्तता र खटाइ कम हुने भए पनि अराइभल र डिपार्चरतर्फका कामको प्रकृति र शैली सबै एउटै हुन्छन्।’ कार्यालयको खास काम अन्तर्राष्ट्रिय उडानसँग भएकोले अन्तर्राष्ट्रिय उडानको चाप बढ्दै गएपछि हामीहरूको कामको चाप पनि बढ्दै जाने तर अहिलेलाई तत्काल कार्यालय सुरु गर्नु भन्ने निर्देशन आए अनुसारका कार्यालय स्थापना गरिएको उनको भनाइ छ।

विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक पूर्वाधार तयार भइसकेकोले अहिले कार्यालय व्यवस्थापनको काम चलिरहेको छ। बिहीबार कार्यालय स्थापना भएपछि अध्यागमनको पहिलो काम गत मङ्सिर नौ गतेदेखि पोखरामा सञ्चालन भएको माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन हिमालय एयरलाइन्सको जहाज आएका चिनिया खेलाडीहरूसँग भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक गत असार छ गते अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको थियो। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। उक्त जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना खेलाडीहरू नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने पोखरा आएका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। यो विमानस्थल निर्माण गर्दा २२ अर्ब रूपैयाँ खर्च भएको छ।

Previous Post

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घरमा

Next Post

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In