• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सक्षम नेतृत्वको पर्खाइमा वुढानिलकण्ठ स्कुल

by
१० मंसिर २०८०,
0
सक्षम नेतृत्वको पर्खाइमा वुढानिलकण्ठ स्कुल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इतिहास बोकेको बूढानीलकण्ठ स्कुल अहिले नयाँ सक्षम नेतृत्वको पर्खाइमा छ । विद्यालयको नवौ प्रधानाध्यापकले राजीनामा दिएपछि अहिले विद्यालयले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक चयनको प्रकृया अघि बढाएको छ । विद्यालयले खुला दरखास्त आव्हान गरेकोमा परेका आवेदनहरुबाट सात जनालाई सर्ट लिष्ट गरेर चयन प्रकृया अघि बढाएको जनाएको छ ।

तत्कालिन राजा वीरेन्द्रले २०२९ सालको स्थापना गरेको विद्यालयमा देशभरका सवैजसो जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन । सवैजसो जिल्लाबाट उत्कृष्ठ विद्यार्थीहरु छनौट गरेर पठनपाठन गराउने विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न पनि विद्यालयमा सक्षम नेतृत्वको आवश्यक्ता रहेको पूर्व विद्यार्थी तथा अविभावकहरुको मत छ ।

युवराज दिपेन्द्र, पारसलगायत राजपरिवारका सदस्यले यही विद्यालयमा अध्ययन गरेका थिए । विगतमा प्रधानमन्त्रीका छोराछोरी पनि यही विद्यालयमा अध्ययन गर्थे । राजा महाराजाका छोराछोरीदेखि, पिछडिएका गाउँका परिवारले यस स्कुलमा पढ्ने मौका पाएका छन । एउटा गाउँको सामान्य परिवार, दुर्गम ठाउँका विद्यार्थीहरुले समेत यो विद्यालयमा पढ्ने मौका पाउँछन ।

बूढानीलकण्ठ स्कुलको प्राङ्गणमा उभिँदा लाग्छ, यो संग्रहालय हो, जहाँ पूरा नेपाल अवलोकन गर्न पाइन्छ । तत्कालीन राजपरिवारका छोराछोरी विदेश गएर पढ्ने चलन थियो । कोही दार्जिलिङ पुग्थे । कोही बेलायत, कोही अमेरिका । विदेशमा गएर पढ्दा राजपरिवारका सदस्यहरू नेपाली जनतासँग जोडिन नपाउने भए भनेर खोलिएको अन्तर्राष्ट्रियस्तरको स्कुल नेपालमै खोलिएको थियो ।

१९८० सालमा पहिलो पटक बूढानीलकण्ठका ८२ जना विद्यार्थी एसएलसीमा सहभागी भएका थिए । बोर्ड फस्टदेखि टप टेनसम्म बूढानीलकण्ठकै वर्चस्व रहने गर्थो । तर जतापनि हुने राजनीतिले वुढानिलकण्ठ स्कुललाई पनि अछुतो भने छोडेको छैन । नेपाली राजनीतिको प्रभाव पर्दा सुरुका दिनमा जस्तो विवाद रहित बन्न सकेको छैन विद्यालय ।

अपारदर्शी भर्ना प्रकृयाका कारण विश्वसनियता घटेर भर्नाका लागि प्रतिस्पर्धा गर्ने योग्य विद्यार्थीहरुको आकर्षण घटेको आरोप लाग्ने गरेको छ अहिले विद्यालयलाई । हजारौँले भर्नामा प्रतिस्पर्धा गर्ने यस स्कूलमा अहिले प्रतिस्पर्धा गर्नेको संख्यामा पनि कमि देखिएको छ भने तत्कालिन अवस्थामा एसएससीको टप टेनमा वर्चश्व जमाउदै आएको विद्यालयले अहिले खस्किएको अनुभव कतिपय पूर्व विद्यार्थी र विद्यार्थीका अविभावकको रहने गरेको छ ।

यस्तो अवस्थामा विद्यालयलाई राम्रोसंग चिनेको प्रधानाध्यापकको नेतृत्वमा विद्यालय संचालन हुन सके विद्यालयले गति लिने विश्वास अविभावक विद्यार्थीहरुको रहेको छ । विद्यालयको प्रधानाध्यापक बन्न पूर्व विद्यार्थी रहेकाहरुपनि प्रतिस्पर्धामा छन । त्यस मध्यका एक हुन अतिराम केसी । रुकुममा जन्मिएका केसी वुढानिलकण्ठकै पूर्व विद्यार्थी समेत हुन ।

उनले विद्यालय शिक्षा बुढानिलकण्ठ स्कुलबाट सकाएका हुन । नेपाल सरकारको छात्रवृत्ति पाएर उनले विद्यालयमा अध्ययन गर्ने मौका पाएका थिए । विद्यालयमै रहेर अध्ययन गरेको तथा उच्च शिक्षा अध्ययन पश्चात सोहि विद्यालयमै शिक्षण गरिरहेका केसी विद्यालयको वातावरण वुझेका प्रतिस्पर्धी रहेकोले उनि नेतृत्वको लागि सवैभन्दा सक्षम रहेको धेरैको वुझाइ छ ।

त्यसो त केसीले लण्डन विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका छन । यसका साथै त्रिभुवन विश्वविद्यायबाट शिक्षा संकाय अन्तरगत गणितमा स्नातकका गरेका छन । त्यसो त उनले त्रिभुवन विश्वविद्यालयबाटै शिक्षा योजना तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका हुन ।

पढाइ संगसंगै शिक्षणका लागि समेत आफुले अध्ययन गरेकै विद्यालय रोजेकाले उनले विद्यालयलाई राम्रो संग वुझेको तथा अहिले विद्यालयमा देखिएका केहि कमीकमजोरी समेत सुधार गरेर लैजाने क्षमता बोकेका केसीले नेतृत्व पाए विद्यालयको शैक्षिक स्तरमा समेत थप सुधार आउने त्यहा पढाइरहेका अन्य शिक्षकहरुकोे समेत विश्वास छ ।

यद्यपी विद्यालयको नेतृत्वका लागि अन्य प्रतिस्पर्धीहरु समेत रहेको तथा नेपाली राजनीतिले समेत कहिलेकाही प्रभाव पार्ने भएकोले अहिलेनै विद्यालयको नयाँ नेतृत्व कसले पाउँला यसै भन्न नसकिएपनि विद्यालयकै पूर्व विद्यार्थी तथा शैक्षिक योग्यता, लामो समयको शिक्षण अनुभवले उनले नेतृत्व पाउँनेमा विद्यार्थी, अविभावक, पूर्व विद्यार्थी, शिक्षकहरु समेत आशावादी छन् ।

Previous Post

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In