• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कालीगण्डकी करिडोरः बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न शुरु

by
१० मंसिर २०८०,
0
कालीगण्डकी करिडोरः बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड ९बिटुमिन० बिछ्याउन थालिएको जानकारी दिए । “प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ”, उनले भने , “दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ ।”

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो । “गत असार महिनामै बेस राख्न र कालोपत्र गर्नेबाहेकका सबै काम सकिएको थियो”, उनले भने , “सात दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।”

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुने छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उनले भने , “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”

करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ ।

Previous Post

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

Next Post

इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In