• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गा प्रसाईसँग डराएको एमाले, उपत्यकाका पार्टी प्यालेसलाई प्रहरीको उर्दी

by
३ मंसिर २०८०,
0
दुर्गा प्रसाईसँग डराएको एमाले, उपत्यकाका पार्टी प्यालेसलाई प्रहरीको उर्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शनबाट प्रमुख प्रतिपक्षी दल एमाले निकै भयभित देखिएको छ । हिजोसम्म महेश बस्नेतको समूह मात्र प्रसाईविरुद्ध खनिएकोमा एमाले अध्यक्ष केपी ओलीदेखि मझौला स्तरका एमाले नेताहरूसमेत अहिले प्रसाईको खेदो खनिरहेका छन् ।

पार्टी अध्यक्ष त्यसमाथि पूर्वप्रधानमन्त्रीसमेत भएका ओलीले प्रसाईको जनप्रदर्शनले काठमाडौंमा फोहोरबाहेक अरु केही उपलब्धि हासिल नगर्ने भनेर तुच्छ टिप्पणी गरे पनि सरकारलाई उसले दिएको दबाबले एमाले कति भयभित रहेको छ भन्ने स्पष्ट हुन्छ ।

मंसिर ७ गते नै एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघले पनि जनप्रदर्शन गर्न लागेको छ । प्रसाईकै कार्यक्रमलाई लक्षित गरेर युवा संघले भिड्ने उद्देश्यले नै काठमाडौंमा सो दिन कार्यक्रम तय गरेको हो । जसकारण मंसिर ७ गते के हुन्छ भन्ने चासो बढेको छ ।

एमालेले सरकारलाई प्रसाईको कार्यक्रम निस्तेज पार्न सुरक्षा व्यवस्था कडा बनाउन दबाब दिएको छ । जसकारण गृह मन्त्रालयमा शनिबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । साँझ साढे ५ बजेदेखि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकमा गृह सचिव दिनेश भट्टराई, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी सिताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति रहेको बताइन्छ ।

बैठकले उपत्यकाका सम्पूर्ण पार्टी प्यालेसमा खानतलासी र बाहिरी जिल्लाबाट आएका मान्छे नराख्न प्रहरीलाई निर्देशन दिएको थियो । जसकारण शनिबारदेखि नै पार्टी प्यालेसमा कडाई गरिएको छ । प्रसाईले ५० हजार मान्छे काठमाडौं उतार्ने घोषणा गरेपछि एमाले आत्तिएको छ ।

प्रसाईले सबैभन्दा धेरै मान्छे झापाबाटै ल्याउने बताइसकेका छन् । झापा केपी ओलीको गृहजिल्ला पनि हो । अर्को निर्वाचनमा ओलीलाई झापाबाट हराउने प्रसाईले उदघोष गरेका छन् । सोही कारण पनि एमाले प्रसाईसँग डराएको देखिन्छ । हिजो एमालेले नै हुर्काइबढाइ गरेको प्रसाईसँग ऊ आज आफैं आत्तिएको देखिन्छ ।

Previous Post

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

Next Post

अघिल्लो महिना रोकिएको स्वास्थ्य सम्मेलन अर्को साता

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
अघिल्लो महिना रोकिएको स्वास्थ्य सम्मेलन अर्को साता

अघिल्लो महिना रोकिएको स्वास्थ्य सम्मेलन अर्को साता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In