• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

by
२८ कार्तिक २०८०,
0
भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी

Mountain goats being brought to Pokhara for the Dashain festival in Pokhara, on Thursday, October 6, 2016. Photo: RSS

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन– कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।

दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किनुभयो । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन् । दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन् । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङले बताए ।

‘यसपाली सोचे अनुसार व्यापार भएन’, उनले भने । वर्षौँदेखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपालि आर्थिक मन्दीका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनी छन् । कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उनीसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् ।

गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उनी १८ वर्षदेखि यही पेसामा लागेका हुन् । दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यसवर्ष न्यूनतम रु ३० हजारदेखि रु ५८ हजारसम्म मूल्य छ ।

सहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । रु एक करोड ५० लाखमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाई बेच्न बाध्य भएको गुरुङले बताए। दसैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए। बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङले बताए ।

‘मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर होकी,’ गुरुङले भने– ‘यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पाले ।’

पुथा उत्तरगङ्गा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपालि सोचे अनुसार भेडाबाख्रा बेच्न सकेनन्। ३४ वर्षदेखि भेडापालन गर्दै आएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाए । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उनको भनाइ छ । दसैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उनले बताए ।

गत वर्ष भेडाबाख्रा बिक्री गरेर रु १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगरले बताए। न्यूनतम रु २० हजारदेखि अधिकतम रु ४२ हजारसम्ममा बिक्री गरेको उनले बताए। बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ ।

Previous Post

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

Next Post

भूकम्पपीडितको तिहार पालमा

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल
समाचार

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

२ जेष्ठ २०८३,
इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु
समाचार

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

२ जेष्ठ २०८३,
Load More
Next Post
भूकम्पपीडितको तिहार पालमा

भूकम्पपीडितको तिहार पालमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In