• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीलाई मासिक ३० हजार छात्रवृत्ति

by
१७ कार्तिक २०८०,
0
मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीलाई मासिक ३० हजार छात्रवृत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति पाउने भएका छन्। मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको विश्वविद्यालयमा छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको अध्यक्ष प्राडा राजेन्द्रध्व जोशीले जानकारी दिए।

कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको हो। पहिलो शैक्षिक सत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थी छनोट गरी भर्ना लिने तयारी गरेको विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ।

विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अर्ग्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्व जोशीले जानकारी दिए। डा जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई पनि आकर्षित गरिरहेको जानकारी दिए।

७४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो। विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ। हाल १८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता गरिसकेको छ भने काष्ठ उद्योगसँग अनुसन्धान सम्झौताका लागि छलफल अघि बढाएको छ।

विश्वविद्यालयले हाइकिङ र ट्रेकिङ, च्याउको बीउ उत्पादन, पानीको सरसफाइ र वनमा उत्पादन हुने फोहरको प्रयोग, ललितपुर महानगरलाई पर्यटनमैत्री बनाउने आदि विषयमा अनुसन्धान शुरु गरिसकेको छ। अध्यक्ष डा। जोशीले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने अनुसन्धानका लागि समझदारी गर्ने र ती उद्योगबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्नातकोत्तर तहमा मासिक २५ हजार र विद्यावारिधि तहमा मासिक ३० हजार रुपैयाँ छात्रवृत्ति दिलाउने नीति लिएको बताए।

विश्वविद्यालयले आफ्नै हातामा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जाबाट प्रतिघण्टा ४०० किलोवाट बिजुली उत्पादन गरी मासिक रु दुई लाखको आम्दानी सुरु गरिसकेको छ भने किवीखेती, कृषि फार्म, हरेक भवनमा बायोग्यास, पानी भण्डारण, मौसम पूर्वानुमान उपकरण आदिको सञ्चालन गरिसकेको छ।

नेपाल सरकारबाट यस विश्वविद्यालयका लागि एक अर्ब ४० करोड बजेट प्रतिबद्धता व्यक्त गरिएकोमा हालसम्म रु ९५ करोड निकासा भएको छ भने व्यक्तिगत र संस्थागत गरी ३० लाख ७७ हजार चन्दा प्राप्त भइसकेको छ। कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा छ लाख र विद्यावारिधि तहमा १० लाख रुपैयाँ सहयोग गर्न सकिने प्रबन्ध गरिएको छ।

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गरेका थिए। सङ्घीय संसदबाट विधेयक पारित र राष्ट्रपतिबाट जारी भई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ लाई गत साउन १८ गते नेपाल राजपत्रबाट प्रकाशन भएको थियो।

विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा ११ सय रोपनी जग्गा प्राप्तिको निर्णय भइसकेको छ। विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ।

अध्यक्ष जोशीले कुनै पनि प्राध्यापक र कर्मचारी स्थायी नभई करारमा राख्ने र कामका आधारमा सुविधा दिने तथा कुनै पनि राजनीतिक दलीय हस्तक्षेप र सङ्गठनको गुञ्जायस नहुने स्पष्ट गर्नुभयो। यहाँ विद्यावारिधिप्राप्त र अनुसन्धानमा सक्षम व्यक्तिलाई मात्रै प्राध्यापकमा राखिन्छ। सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकुलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित विश्वविद्यालय स्थापना भएको हो।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In