• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान

by
१३ कार्तिक २०८०,
0
गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ । स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत उपयोगी रहेकाले यसलाई प्रशोधन गरी प्रयोग गर्ने ध्येयले प्लान्ट जडान गरिएको छोरेडाँडा गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताए ।

‘स्थानीय जातको गाईको गौमूत्रको महत्व बुझ्न नसक्दा यसै खेर गइरहेको थियो’, उनले भने, ‘यसको महत्वलाई दृष्टिगत गरी बुटवलबाट अत्याधुनिक प्रशोधन मेसिन खरिद गरी ल्याएर प्रशोधन थालेका छौँ ।’ छाडा छाडिएका गाईका कारण खेतीबाली नष्ट गर्ने, बजारमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले गाईको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको थियो ।

गौशाला सञ्चालनका लागि पनि आर्थिक पाटोलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिएसँगै गौमूत्र प्रशोधन प्लान्ट जडान गरी ब्यावसायिक उत्पादन थाल्ने तयारी गौशालाको रहेको उनले जानकारी दिए । गाईको गौमूत्र मानव स्वास्थ्यका लागि लाभदायक रहेकाले यसलाई थप प्रशोधन गरेर प्रयोग गर्न लागिएको गौशालाका संरक्षक छायाराम खनालले बताए ।

‘विशेष गरी स्थानीय जातको गाईको गहुँत तथा गोबर मानव स्वास्थ्यमा औषधीय गुण हुन्छ भन्ने धार्मिक र वैज्ञानिक दृष्टिले पुष्टि गरिसकेका छन्’, उनले भने, ‘मानव स्वास्थ्यसँगै बालीनालीमा विषादी र जैविक मलको रुपमा प्रयोग गर्न सकिने भएकाले यो बहुउपयोगी छ ।’ गौमूत्र धार्मिक दृष्टिले धेरैले प्रयोग गरे तापनि स्वास्थ्यका दृष्टिले उपयोगी हुने जानेर पनि प्रयोग गर्ने विधिका बारेमा अनभिज्ञ भएकाले प्रयोगकर्तालाई विज्ञहरुको सहयोगमा जानकारी गराउने योजना गौशालाको छ ।

गौमूत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित गौमूत्र स्थानीयस्तरमै खपत गर्ने योजना गौशालाको छ । स्थानीयस्तरमा खपत भएर रहेको प्रशोधित गौमूत्रलाई आफ्नै छुट्टै ब्राण्डमार्फत अन्यत्र पठाउने तयारी रहेको उनी बताउँछन् । प्रशोधित गौमूत्र बिक्री गर्ने, गोबरलाई प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने, गोबरबाट अर्गानिक गड्यौले मलको व्यावसायिक उत्पादन गरी बिक्री गर्ने तयारीसहित काम भइरहेको छ ।

गौशालामा अर्गानिक उद्योग स्थापनासँगै नमूनाको रुपमा विकसित गर्दै लगिने उनले दाबी गरे । पछिल्लो समय गौशालामा दाताले शुभकार्य, पितृकार्य तथा जन्मोत्सवमा आर्थिक सहयोग गर्न थालेकाले सञ्चालनमा सहज हुँदै आएको छ ।

Previous Post

अपी हिमशृङ्खलामा छायाङ्कित म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In