• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विदेशबाट फर्की स्वरोजगार बन्नुभएका सुमन

by
८ कार्तिक २०८०,
0
विदेशबाट फर्की स्वरोजगार बन्नुभएका सुमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ८ कात्तिक : सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ । तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ । खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन । उनीहरुलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ । भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किनुभएका युवा सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज भएको छ ।

विदेशमा दुई वर्ष बिताएर आउनुभएका उहाँले सीपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम सुरु गरेको बताउनुभयो । “मानिसलाई सहजरुपमा जीवनयापन गराउने आधार नै सीप हो”, उहाँले भन्नुभयो, “सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ । विदेशमा पनि सीपका कारण धेरैले दुःख पाएको देखेँ । त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सीप प्रदान गर्दै आएको छु ।” योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताउनुभयो । उहाले भन्नुभयो, “मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरुलाई पनि यसमा समेटेको छु । विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरक ढङ्गले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पाङ्गे्र, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन सिकाउँदै आउनुभएको छ ।

“विदेशमा धेरै दुःख गरियो । त्यहाँ गर्ने मेहनत यहीँ गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ”, व्यवसायी प्रधानले भन्नुभयो, “आफ्नै ठाउँमा फरक केही काम गरेर उदाहरणीय बनौँ भनेर जिल्लामै पहिलो पटक यो काम थालेको हुँ । मैले सीप सिकाएका धेरै जना आफैँ स्वरोजगार बनेर काम गरिरहेका छन् । यहाँ सीप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन् ।” भोजपुर नगरपालिका–५ मा वार्षिक रु ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर सीप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उहाँको भनाइ थियो । उहाँको भनाइ थियो । “सीप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ”, प्रधानले भन्नुभयो, “तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ । यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।”

हालसम्म जिल्लाका सात सयभन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सीप दिलाउनुभएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गर्नुभएको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताउनुभयो । आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता हटेको र यही सीप सिकेर अहिले आफू स्वरोजगार बनेको उहाँको भनाइ थियो। “जिल्लामै सीप सिकेर स्वरोजगार बनेको छु”, सचिनले भन्नुभयो, “सीप सिकेर अहिले गाउँपालिकाको गाडी चलाउँदै आएको छु । आफ्नै ठाउँमा सीप लिन नपाएको भए यो सम्भव थिएन । सीपले मलाई जीवन गुजारा गर्न सहज बनेको छ । मजस्ता धेरै साथीले आफ्नो खाएर घर पाएकमै सीप लिन पाएका छौँ ।”

Previous Post

बढ्दो डेंगुको प्रकोपबाट बच्न अपनाउनुपर्ने केही उपाय

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In