जीवन प्रवाहका साथमा रहनु जीवन प्रवाहका तरङ्ग (अहं, इच्छा, आशा, तृष्णा लोभ, मोह, तुलना महŒवाकाङ्क्षा लक्ष्य) का पछाडि नलाग्नु । यहाँ स्वतन्त्रता छ, नवीनता छ शाश्वतता छ ।
ऋषिका पुत्र हुन्छन् । मुनि, यति, सन्यासी, सन्तको शिष्य हुन्छ । दुवैका दुवै पनि हुन सक्छन् । शिष्य र पुत्रलाई ताडन प्रेम शिक्षाद्वारा योग्य बनाउनु पिता या गुरुको सत् प्रयास हो ।
आफ्नो मानवोचित पुरुषार्थमा सफलता भए पनि अभिमान नगर्नु । सफलता भएन भनी दीनता, पश्चात्ताप नल्याउनु सबै विरोधी तत्वका मध्यमा अविरोधी समता देख्नु त्यसमा रहनु, अवलोकन हो ? साक्षिता हो । ध्यान हो । केही नगर्नु ? केही नगराउनु यो चाहने चिताउने को हो ? यसलाई चिन । दुकानदारले, डाक्टरले, वैज्ञानिकले, व्यभिचारीले आफ्नो आफ्नो विषयको ध्यान राखे झैं आपूmलाई सम्झने गर ।
परमलाई जानेपछि आवागमन समाप्त हुन्छ, शान्ति प्राप्त हुन्छ ।
एकाग्र मन गरेर, बन्धु स्वजन धनको आसक्ति त्यागेर एक्लै बस–विचरण गर ।
कहीँ पनि, कसैसित पनि अनावश्यक धेरै राग नराख्नु, यहाँ स्वतन्त्रता छ ।
इन्द्रियका सुखदुःख सबै योनिमा, स्वर्गनरकमा प्राप्त छन् । यसको त्याग गर ।
त्यो मान, त्यो भोग–पाउन पाए कस्तो हुन्थ्यो ? भक्ति, रस, वासना त्याग, प्रसन्नता आउँछ ।
जिह्वाको स्वादमा र उपस्थको मजामा धेरै नलाग अशान्ति पाउनेछौ ।
अपेक्षा गर्नु दुःख हो, निरपेक्ष रहनु नै परम सुख हो ।
सङ्ग्रह दुःख हो, जसले केही सङ्ग्रह गर्दैन, त्यो अकिञ्चन, परमसुखी हुन्छ ।
मान, अपमान त्याग्नु, घर, धन, परिवारमा आसक्त नहुनु, आत्मामै रमण गर्नु ।
निरालश्य भएर वैराग्यका बललै प्रज्ञाका प्रकाशमा मनलाई एकत्र गर्नु यही प्रयत्न हो ।
शरीर घाटीलाई यथार्थ र साँचो सुख बाहिरबाट प्राप्त हुन सम्भव छैन ।
जसले प्राण, इन्द्रिय, मन र बुद्धिको चञ्चलता समाप्त ग¥यो त्यो मुक्त भयो ।
सबै सत्कर्म–परोपकारभन्दा सत्पुरुषको सान्निध्य श्रेष्ठ हो ।
सुन्नु÷सुनाउनु, प्रवृत्ति÷निवृत्ति सबै छोडेर आपूm भित्र बस ।
अहङ्कार र यथार्थ नसम्झनु, गम्भीर भएर सुन्नु, देख्न नसक्नु बन्धन हो ।
जो अकिञ्चन छ, नम्र छ, शान्त छ, समतामा छ, सन्तुष्ट छ, त्यो ईश्वरको पनि पूज्य हुन्छ ।
काम, क्रोध, लोभ, मोह (स्त्री) त्यागेर एकान्तमा सजग भएर बस, हेर कस्तो दिव्यता छ ?
रात्रिमा एक्लै बस, नसुत, ॐको ध्वनिमा केन्द्रित होऊ, ध्यान गर, प्राण हेर, प्रकृतिको शब्द सुन, आकाश तारा वायु–चन्द्रमा झरना वृक्ष सुन्दर दृश्य यही हो ध्यान ।
भित्र सन्तोष, बोध, वैराग र त्यागको विकास गर ।
सबैभन्दा गम्भीर महान् सम्झनु हो । त्यसपछि सम्झेर व्यर्थको त्याग गरी सार्थकमा रहनु हो ।
बिमार मानवताका लागि ‘शास्त्र, गुरु, ईश्वर, कर्मकाण्ड उपासना’ सबै औषधी रूप हुन् तर यिनीहरूको पुरोहितले, सामन्तले गलत प्रयोग गरेका छन् । यो कुरा सम्झ र शान्त भई यस व्यर्थताबाट मुक्त होऊ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













