• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

metakhabar by metakhabar
५ चैत्र २०८२,
0
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।

उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताउनुभयो । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

हालसङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाभित्रका पाँचवटा सडकको ठेक्काबाट काम भइरहेको छ । गाउँपालिका–१ स्थित सेरीबजार रारा गाउँ हुँदै बासथाप्लासम्म सडक स्तरोन्नतिका लागि रु ४७ लाख नौ हजारको बोलपत्रबाट काम भइरहेको छ । वडा नंं ३ को कुडारी काटेपुलदेखी–लौरुसम्म ग्रामीण कृषि सडक निर्माणका लागि २३ लाख ३१ हजारमा गत असोज १० गते बोलपत्र आह्वान भई काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र साउदले जानकारी दिनुभयो ।

पालिकाको वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडक निर्माणअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोटसम्म सडक स्तरोन्नतिका लागि एक करोड ५९ लाख ७१ हजारमा ठेक्का आह्वान भई काम जारी छ ।

सोही वडाअन्तर्गत मानेचौरदेखि–राँसा हुँदै चयापाटनसम्म सडक स्तरोन्नति लागि रु ९७ लाख ३२ हजार र वडा नंं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्म सडक स्तरोन्नति लागि रु ८९ लाख २९ हजार र गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन निर्माणका लागि रु एक करोड ३६ लाख ३१ हजारमा गत असोज १२ गते एकै प्याकेजमा ठेक्का आह्वान भएको इन्जिनियर साउदले जानकारी दिनुभयो ।

यसैगरी, चायापाटादेखि खोप्रीगाउँसम्म हरियाली सडक स्तरोन्नति, पातरसागुदेखि लाटिका थानसम्म सडक स्तरोन्नति, घोडेसिम हरियाली सडक निर्माण तथा स्तरोन्नति र सापुल्लीगाउँखोला व्यवस्थापना तटबन्धन योजना निर्माणको बोलपत्र भई काम भइरहेको गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाको भनाइ छ ।

गाउँपालिका– ५ स्थित डुग्री गाउँमा रहेको भुवानी आवि विद्यालयको पक्की भवन निर्माण र दानिवाडा खानेपानी आयोजना निर्माणको कामको समेत ठेक्का भएको तिलागाउँपालिकाले जनाएको छ ।

योजना शाखाका प्रमुख थापाका अनुसार उपभोक्ता समितिबाट निर्माण हुने करिब १२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढेको छ । बाँकी योजनाको सम्झौताको काम भइरहेको छ । यी सबै योजना चालु आवभित्रै सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ठेक्काबाट सञ्चालन भएका योजना र उपझोक्ताबाट काम सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को प्रमुख प्रशासीय अधिकृत नआइसकेको उहाँले जानकारी दिनुभयो ।

Previous Post

निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In