• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिनियाँ सेन्सरसिप प्रणाली थप कडा र शक्तिशाली बन्दै

by
२० अशोज २०८०,
0
‘बीआरआई’मा किन फस्यो चीन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ— द ग्रेट फायरवाल अफ चाइनाले अब दुई महिनामा १ दशमलव ४ बिलियन ‘अनावश्यक’ सामाजिक पोष्टहरूलाई हटाउन मिल्ने प्रणाली अपग्रेड गरेको छ । चीनको ग्रेट फायरवाल, जुन एक प्रणाली हो जसले कम्युनिष्ट पार्टीको सरकार विरुद्ध लेखिएका सामग्री हटाउन क्षमता राख्दछ । यसबाहेक पनि फायरवालले हरेक दिन सोशल मिडियामा अरबौं पोष्ट र टिप्पणीहरू नियमन गर्ने क्षमता बढाउँदैछ । यद्यपी यो प्रणालीलाई चिनियाँ जनताबाट आक्रोशित प्रतिक्रिया निम्त्याएको छ ।

दुई खेलाडीको जर्सी नम्बरले अनजानमा तियानमेन स्क्वायर नरसंहारको सन्दर्भ बनाएको फोटो हालै सामाजिक सञ्जालमा भाइरल भयो। जर्सी नम्बर ६ र ४ ले अंगालो मार्दा ६४ देखाइएको थियो । यसले जुन ४ लाई केन्द्रित गरेको छ । जुन ४ मा तियानमेन स्क्वायर त्रासदीको वार्षिकोत्सव होे । यो तस्बिर सामाजिक सञ्जालबाट तुरुन्तै हटाइएको थियो ।

चीनको ग्रेट फायरवाल गोल्डेन शिल्ड परियोजना अन्तर्गतको एउटा उपप्रणाली हो । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सरकारद्वारा बनाइएको सेन्सरशिप र निगरानी प्रणालीको अग्रगामी संयन्त्र हो । यसले वेबसाइटहरू ब्लक गर्छ भने चिनियाँ नागरिकलाई केही जानकारीहरूबाट बञ्चित गराउन सामाजिक सञ्जाल प्लेटफर्महरू नियन्त्रण गर्दछ जुन सामान्यतया सीसीपी विरुद्ध हुने गर्दछ ।

मे २०२३ मा, चीनले ६७,०० सोशल मिडिया एकाउण्ट बन्द गरेको छ भने ९ लाख ३० हजार एकाउण्टको सबै फलोअरहरू र पैसा आउने व्यवस्था हटाएर कारवाही गरेको छ । यतिबाट फाइन ट्युनिङ सेन्सरशिप मेकानिज्मको एक भागको रूपमा, सामाजिक सञ्जाल पोष्टहरू मात्र होइन यी पोष्टहरुमा आएका कमेण्ट वा रिप्लाईलाई पनि छानबिन र नियमन गरिन्छ ।

चाइनिज ह्युमन राइट्स डिफेन्डर्सका एड्भोकेसी संयोजक विलियम नीले सेन्सरशिप अपग्रेडले संवेदनशील विषयहरूमा छलफल गर्न उपलब्ध थोरै ठाउँ समाप्त हुने बताए । नयाँ प्रणालीले यसलाई असम्भव बनाउन सक्छ र संवेदनशील विषयहरूमा अभिव्यक्ति स्वतन्त्रताको लागि पहिले नै सीमित ठाउँलाई अझ कडा बनाउन सक्ने उनले भने।

ह्युमन राइट्स वाचले सबै चिनियाँ सार्वजनिक र निजी सामाजिक सञ्जाल कम्पनीहरूमा सीसीपीको को नियन्त्रणमा चिन्ता व्यक्त गरेको छ। वाचले राज्य सेन्सरशिप, निगरानी, र प्रचारका लागि अवसर र संयन्त्र सिर्जना गर्दछ जसले चीनमा रहेका आफ्ना प्रयोगकर्ताहरूलाई मात्र असर गर्दैन संसारभरका चिनियाँ नागरिकको पनि निगरानी गरिरहेको बताइएको छ ।

यसबीच चीनले अब सामाजिक सञ्जालमा पोस्ट गर्ने आफ्ना नागरिकविरुद्ध कडा कारबाही गर्न थालेको छ। चिनियाँ जनतालाई सामाजिक सञ्जालमा पोष्ट गर्ने र ट्वीटर, फेसबुक र युट्युब जस्ता विदेशी प्लेटफर्महरू प्रयोग गरेकोमा उत्पीडन, धम्की र सजायसमेत दिइने गरेको छ। यसको एक उदाहरणको लागि छोराले ट्विटर प्रयोग गरेको कारण स्वतन्त्र पत्रकार गाओ यू जेल जानुपरेको थियो र उनलाई जागिरबाट बर्खास्त गरिएको छ । चिनियाँ कानुनले प्रहरीलाई १९ वटा जिम्मेवारी दिएको छ । जसमध्ये एक उनीहरुको निर्देशनमा कसैलाई पनि जागिरबाट निकाल्न सक्ने गाओले भने ।

चिनियाँ जनताले २०२२ मा नेशनल कंग्रेस सुरु हुने दिनहरूमा द ग्रेट फायरवाल अफ चाइनाको स्तरवृद्धिको गरिएको छ र स्थानीय सोशल मिडिया प्लेटफर्महरू डुइन, वेइबो र वीच्याटमा अवरोध गरिएको थियो ।

विज्ञहरूले चिनियाँ सरकारले अरब स्प्रिङजस्तो विरोध नचाहेकाले सामाजिक सञ्जालमा नियन्त्रण गर्ने तरिकालाई तीब्र बनाएको बताएका छन् । हङकङको सिटी युनिभर्सिटीका राजनीति शास्त्रका सेवानिवृत्त प्राध्यापक जोसेफ चेङले भने, ‘चिनियाँ अधिकारीहरु फैलिएको विरोध गतिविधिसँग धेरै चिन्तित छन् । नियन्त्रणको एउटा महत्वपूर्ण माध्यम भनेको सम्भावित प्रदर्शनकारीहरूको सञ्चारलाई रोक्नु हो ’

संयोगवश, १९८९ को तियानमेन स्क्वायर घटना बृहत्तर राजनीतिक स्वतन्त्रताको लागि विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शन थियो । त्यतिबेला चिनियाँ सरकारले विरोध प्रदर्शनलाई रोक्न क्रूरता देखाएको थियो । उक्त प्रर्दशनमा १० हजार मानिसको हत्या गरिएको थियो । यस्तो पृष्ठभूमिमा, एथलीटहरूको फोटोहरू रोक्न चिनियाँ सरकारको निर्णयले यसको संक्रामक डर देखाउँदछ ।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर डेभिड ज्वेइगले कडा सेन्सरशिपले तानाशाहलाई बढावा दिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीलाई विभिन्न शहरबाट सामाजिक सञ्जालबाट विरोध आएको छ । यति धेरै शहरहरूमा एकै समयमा धेरै मानिसहरूले विरोध गर्दा चिनियाँ अधिकारीहरू साँच्चै डराएको हुनुपर्ने उनले बताए ।

Previous Post

आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

Next Post

इरानकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
इरानकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

इरानकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In