सुख शान्तिका लागि घरको वास्तु मिलेको हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा मिलाई घर डिजाइन गर्न आर्किटेक्टलाई जानकारी गराउनुपर्छ ।
– घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।
– घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नाले नकारात्मक तरङ्गहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।
– घरको पूर्वदिशामा पानी भरेर कलश राख्नाले समृद्धिको संकेत गर्छ ।
– सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी झ्यालढोका घरमा हाल्नाले घरमा बिरामी, रोगबाट मुक्ति मिल्ने गर्छ ।
– ड्राइंग रूममा फूलदानी राख्नाले परिवारमा शान्ति मिल्छ ।
– भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।
– देवीदेवता वा भगवान्को तस्वीर बेडरूमको भित्तामा टाँस्नुहुँदैन । धार्मिक आस्थासँग जोडिएका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।
– पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् र घरमा छिर्ने बित्तिकै पनि शौचालयको निर्माण गर्नु हुँदैन ।












