• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले

    पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै

metakhabar by metakhabar
२८ चैत्र २०८२,
0
अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पश्चिम एसियामा बढ्दो तनाव कम गर्न इरान र अमेरिकाबीच शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्च–स्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तान पुगिसकेका छन् ।

वार्ताअघि इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, ।

इरानमा अमेरिका–इजरायली संयुक्त सैन्य हमला सुरु भएको एक महिनाभन्दा बढी समयपछि मंगलबार घोषणा गरिएको दुई हप्ताको युद्धविरामको कूटनीतिक विन्डोको क्रममा अमेरिका र इरानले शनिबार बिहान वार्ता सुरु गर्ने कार्यक्रम छ।

अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो।

जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ । यही बिच शनिबार इस्लामाबादमा शीर्ष अमेरिकी र इरानी अधिकारीहरूबिच वार्ता हुन लागेको हो ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची नेतृत्वको टोली इस्लामावाद पुगेको छ।

इस्लामावादमा अवतरणपछि गालिबाफले अमेरिकाप्रति सद्भाव भएपनि विश्वास भने नभएको टिप्पणी गरे।

इरानी टोली मिनाब १६८ नामक विमानबाट पाकिस्तान गएको हो । यो नाम गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक कन्या विद्यालयमा भएको मिसाइल आक्रमणको सम्झना हो, जसमा १६८ जना (धेरैजसो बालबालिका)को मृत्यु भएको थियो। इरानले उक्त आक्रमणका लागि अमेरिकी सेना जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ।

गालिबाफले विमानका सिटहरूमा मारिएका बालबालिकाका तस्वीर र झोला राखिएको फोटो सामाजिक सञ्जालमा राख्दै उनीहरूलाई आफ्नो सहयात्री बताएका छन्।

अर्कोतर्फ अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनीसँगै विशेष दूत स्टिभ विट्कफ र डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी छन्।

इस्लामावाद प्रस्थानअघि भान्सले भने, ‘यदि इरानीहरू इमानदारीताका साथ वार्ता गर्न तयार छन् भने, हामी हात बढाउन तयार छौँ। तर, यदि उनीहरूले हामीलाई झुक्याउन खोजे भने हामी चुप बस्ने छैनौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि निस्किएका उपराष्ट्रपति भान्सलाई शुभकामना दिँदै इरानसँगको सम्झौताका लागि आफ्नो मुख्य सर्त परमाणु हतियार विहीनता रहेको स्पष्ट पारेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो वार्तालाई युद्ध अन्त्यका लागि निर्णायक क्षणको संज्ञा दिएका छन्। उनले यो शिखर वार्ता पाकिस्तान र सम्पूर्ण मुस्लिम विश्वका लागि गौरवको विषय भएको बताए। पाकिस्तानले पछिल्लो केही सातादेखि दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।

यसैबीच, लेबनान र इजरायलबीचको द्वन्द्व अन्त्यका लागि आगामी मङ्गलबार अमेरिकाको वासिङ्टन डीसीमा वार्ता हुने तय भएको छ। लेबनानी राष्ट्रपतिको कार्यालयकाअनुसार अमेरिकाले यसको मध्यस्थता गर्नेछ।

यद्यपि, इजरायली राजदूत माइकल लेइटरले इजरायलले लेबनानी प्रतिनिधिहरूसँग कुरा गर्ने तर हिजबुल्लाहसँग युद्धविरामको कुनै छलफल नगर्ने अडान राखेका छन्। इजरायलले हिजबुल्लाहलाई शान्तिको मुख्य बाधक मानेको छ।

Previous Post

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Next Post

मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

metakhabar

metakhabar

सम्बन्धित खबर

ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
आर्थिक

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

१२ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ साउन २०८३,
मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले
आर्थिक

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

१२ साउन २०८३,
सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
आवाज

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

१२ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
Load More
Next Post
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In