• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मासु बजारः न अनुगमन न मापदण्ड

by
७ अशोज २०८०,
0
मासु बजारः न अनुगमन न मापदण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले पनि प्राथमिकतामा नराखेपछि उनी अहिले निराश छन।

२५ वर्षअघि पशु वधशाला र मासु जाँच ऐन, २०५५ बन्यो तर त्यसको कार्यान्वयन भएन । संविधानले सो ऐनअनुसारको काम गर्ने अधिकार अहिले स्थानीय तहलाई दिँदा पनि कुनै काम अगाडि बढेन । यसले हामीलाई चिन्तित बनाएको छ”, महतोले गुनासो गरे।

अधिकारकर्मी सुभद्रा आलेलाई पनि स्थानीय तहले उपभोक्ता हितलाई केन्द्रमा राखेर मासु बजार व्यवस्थापनको काम होला भन्ने लागेको रहेछ तर धनुषाका कुनै पनि स्थानीय तहले यसमा गम्भीरता नदेखाएकोमा उनी पनि असन्तुष्ट छन। उपभोक्ताहित संरक्षण मञ्चका केन्द्रीय सदस्यसमेत रहेका आले भन्छन, “हामीले त सरोकारवालालाई झक्झक्याउने हो तर कार्यान्वयन गर्ने शक्ति र अधिकार त उहाँहरुसँगै छ । त्यो अधिकार प्रयोग गर्ने इच्छाशक्ति नदेखाउनु दुर्भाग्यपूर्ण छ ।”

उहाँहरु मात्रै होइन, स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ । “संविधान आएको आठ वर्ष र सङ्घीयतानुसार स्थानीय सरकारले काम गर्न थालेको साढे छ वर्ष भइसकेको छ तर धनुषाका स्थानीय तहले पशु स्वास्थ्य तथा मासु बजार व्यवस्थापनका लागि भएका ऐन नियम कार्यान्वयन गर्ने र आफ्नो छुट्टै ऐन कानुन बनाउनेतर्फ ध्यानदिएका छैनन् । यसले गर्दा नागरिकहरु गुणस्तरहीन माछामासु खान बाध्य छौँ”, अधिकारकर्मी दिनेश पूर्वेले खेद प्रकट गरे।

नेपालको संविधानमा स्थानीय तहको एकल अधिकारको सूचीमा स्थानीय बजार व्यवस्थापन ९बुँदा १००, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य ९बुँदा नं १५० को जिम्मा स्थानीय तहलाई छ । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा ११ ले पनि छाडा पशुचौपाया नियन्त्रण, पशु वधशाला, पशुपक्षी चिकित्सा सेवा व्यवस्थापन, पशु स्वास्थ्यसम्बन्धी कार्य गर्ने अधिकार र दायित्व स्थानीय तहलाई दिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा। सञ्जीवकुमार ठाकुरले माछा मासु बजार व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइए पनि सोअनुसार काम हुन नसकेको बताए । “विशेषगरी वधशाला निर्माण, पशुविज्ञ जनशक्ति, मासु सुपरीवेक्षक नियुक्त गरी मासु बजारको नियमित अनुगमन तथा व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने हो तर अहिलेसम्म १८ स्थानीय तहमध्ये कसैले पनि उल्लेखित काम गरेको जानकारीमा छैन । न त यसमा समन्वय नै भएको छ”, ठाकुरले भने ।

विगत वर्षहरुमा सङ्घीय सरकारबाट वधशाला निर्माण तथा मासु बजार व्यवस्थापनका लागि आवश्यक बजेट तथा निर्देशन पनि आए थियो तर स्थानीय सरकारले प्राथमिकतामा नराख्दा यससम्बन्धी कामसमेत हुन नसकेको ठाकुरको भनाइ छ । उपभोक्ता अधिकारकर्मी आशुतोष झाले पनि मासु व्यापारको क्षेत्र कुनै पनि सरकारको प्राथमिकतामा नपर्दा निकै समस्याग्रस्त रहेको बताए । “पहिले पनि ऐन, नियम कार्यान्वयन भएनन् । अहिले संघीयता आएपछि त झन् स्थानीय तहको क्षेत्राधिकार देखाएर पुराना कानुन दराजमै थन्काइएको छ । जसले उपभोक्ताहरु कमसल, गुणस्तरहीन मासु खान बाध्य छन्”, उनले भने ।

मासुपसल र मापदण्ड

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको तथ्याङ्कअनुसार धनुषा जिल्लाभर हालसम्म चार सय २० मासु पसल छन् । तीमध्ये जनकपुरधाम उपमहानगरमा मात्रै एक सय ९५ भन्दाबढी माछामासु पसल सञ्चालनमा रहेका कार्यालयका सूचना अधिकारी मुकेश कर्णले जानकारी दिए । कार्यालय प्रमुख किशोरी शरण यादवले प्राविधिक जाँचको काम आफ्नो कार्यालयको क्षेत्राधिकारमा नभएकाले कागजातका आधारमा भौतिकस्थित अनुगमन गरेर मासुपसल दर्ताको काम भइरहेको बताए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको तथ्याङ्क हेर्दा पनि यहाँ नगरपालिका तथा जिल्लास्थित प्रमुख बजारमा एकसयभन्दा बढी खसी तथा कुखुरा र एक दर्जनभन्दा बढी राँगाको मासु पसलहरु सञ्चालनमा छन् । त्यति नै सङ्ख्यामा माछा पसलहरु पनि सञ्चालनमा छन् र स–साना पसलहरु दर्ता प्रक्रियामै आउँदैनन् ।

जिल्लाको एकमात्रै उपमहानगरमै पशु वधशाला छैन भने मासु निरीक्षक र मासु सुपरीवेक्षक पनि अहिलेसम्म नियुक्त गरिएका छैनन् । त्यसैकारण यहाँ झिंगा भन्केका, छालासहित रङ दलेका, पानी छर्किएका, भिजाएको कपडाले छोपेका, निःसक्रमण नगरेको हतियार र टेबुलमा राखिएको मासु खानुपर्ने बाध्यता छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गर्नुपर्ने सामान्यभन्दा सामान्य कुरामा पनि लापरवाही गर्ने प्रवृति नरोकिएको बताए । “मासुमा बेसारसम्म दल्न छुटदिइए पनि यहाँ त चम्पाइरंगलगायतका ङसायन दल्ने, सीसा र जालीभित्र मासु नराख्ने, उपभोक्ताले किन्दैनन् भनेर फ्रिजको प्रयोग नगर्ने समस्या छ । यि यहाँका साझा समस्या हुन्”, खनालले भने ।

‘अनुगमनमा ध्यान छैन’

आफ्नो क्षेत्रमा पर्ने स्थानमा सम्बन्धित स्थानीय तहले वधशाला निर्माण गर्ने र एकीकृत मासु बजारको व्यवस्थापन गर्नुपर्ने तथा प्राविधि जनशक्ति नियुक्त गरी नियमन तथा निरीक्षण गर्नुपर्ने कानुनी परिकल्पना हो । त्यसैगरी गैरसरकारी क्षेत्रबाट पनि वधशाला निर्माणको काम गर्न सकिने व्यवस्था छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरमा वधशाला निर्माण गर्ने र एकीकृत मासु बजार व्यवस्थापन गर्ने कुरा उठे पनि जग्गाको अभावमा समस्या भएको बताईन । उनले धेरै जग्गा गुठी संस्थानको रहेको र उसले नगरपालिकालाई जग्गा दिन नचाहँदा बजार व्यवस्थापनका धेरै काम गर्न कठिन भएको गुनासो गरिन ।

एकातिर पशु वशधाला र व्यवस्थित एकीकृत मासु बजार छैन । अर्कोतिर भएकै बजार तथा बिक्री केन्द्रलाई व्यवस्थित र सफासुग्घर राख्न सामान्य पहल गर्दा हुने काममा पनि स्थानीय तहको ध्यान गएको छैन । मासु बजारको अनुगमन गर्ने कार्य त विसं २०७८ पछि अगाडि नबढेको सरोकारवालाको भनाइ छ । उपमहानगरपालिका उपप्रमुख साहले पनि आफू निर्वाचित भइसकेपछि एकपटक पनि बजार अनुगमन नभएको स्वीकार्य । “उपभोक्ताको स्वास्थ्यमाथि खेलबहाड त गर्न पाइँदैन । यस विषयमा चाँडै काम हुन्छ”, साहले भने।

तत्काल गर्नुपर्ने काम

मासु बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधार नबनाइदिँदा व्यापारीहरु विगतदेखि नै समस्या देखाएर उम्किरहेका छन् । अब व्यापारी, उपभोक्ता र सरोकारवाला एक ठाउँ बसेर मासु बजारमा देखिएका समस्या समाधान गर्न लाग्नुपर्ने अधिकारकर्मी पूर्वेको सुझाव छ ।

शतप्रतिशत सुधार गर्न नसके पनि सामान्य पहल गर्दा हुने सुधारका विषयमा तीनै पक्ष गम्भीर बन्नुपर्छ । व्यापारी व्यवसायीका दायित्व, सरोकारवाला निकायको अधिकार र भूमिका, उपभोक्ताको कर्तव्य र जागरुकताको गम्भीर समीक्षा गरौ । अन्यथा मासुको नाममा मन्दविष खाइरहनुपर्ने हुन्छ”, पूर्वेको टिप्पणी छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख खनाल पनि व्यवसायीहरुले नाफाका लागि मात्रै काम गर्ने, उपभोक्ता सचेत नहुने र सरोकारवाला कार्यालयले अधिकार क्षेत्र देखाएर पञ्छिन नहुने धारणा राख्छन । “व्यापारीहरुले न्यूनतम् मापदण्ड पालना नगर्दा उहाँहरु र उहाँहरुको परिवारको स्वास्थ्य पनि जोखिममा पर्छ । उपभोक्ताले पनि रङ दलेको मासु रोज्ने, ताजै मासुको नाममा फ्रिजमा राखेकोलाई बासी भनेर नकिन्ने जस्ता बानी सुधार्नुपर्छ”, खनालले भने,“त्यसैले व्यवसायीका लागि तालिम, गोष्ठी, उपभोक्तामा जागरणका लागि सचेतना र संयुक्त तथा प्रभावकारी बजार अनुगमन जरुरी छ ।”

डा। ठाकुर पनि स्थानीय तहले मासु बजारलाई प्राथमिकतामा राखेर ऐन नियम तर्जुमा, प्राविधि जनशक्ति नियुक्ति र अनुगमनको काम गर्न अपरिहार्य रहेको बताए। उनी भन्छन,“नागरिक स्वास्थ्यका लागि गर्नुपर्ने अनुगमन, जागरण र सचेतनाका काम त तत्काल गर्न तदारुकता र ईच्छाशक्तिको खाँचो छ । समन्वयात्मक ढङ्गले अगाडि बढ्न सकिन्छ ।”उनले आफ्नो कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका चार स्थानमा रु एक करोड १५ लाखको लागतमा माछामासु बजार व्यवस्थापन ९बिक्री कक्ष निर्माण०, एकीकृत मासु बजार ९पसल० स्थापना गर्ने लक्ष्य राखेकाले यसमा सहकार्य र सहयोगका लागि पनि स्थानीय तहलाई आग्रह गरे ।

Previous Post

देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ जसमाअधिकांश टोलीका सदस्यहरू विशेष क्षमताभएकाव्यक्तिहरू कार्यरत छन्

Next Post

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In