• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा

    सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा

    फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

    फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

    प्रधानमन्त्री साहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

    प्रधानमन्त्री साहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

    एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

    एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

    भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    कालीगण्डकीको कटानले जोखिममा पुल

    कालीगण्डकीको कटानले जोखिममा पुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अझै सकिएन रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम

by
२१ भदौ २०८०,
0
अझै सकिएन रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन ।

ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो ।

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनःनिर्माण भइसकेका छन् । तर, ऐतिहासिक र प्रख्यात रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि पुनःनिर्माण पूरा भएको छैन ।

श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनःनिर्माण विभागले विसं २०७४ मा मन्दिर पुनःनिर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीले दुई वर्षमा मन्दिर पुनःनिर्माण सक्ने गरी ठेक्का दिएको मच्छिन्द्रनाथ पुजारीसङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउछन् । उनले भने, “मन्दिरको काम सुरु भएर मन्दिर एकतलासम्म निर्माण भएको थियो । मन्दिर निर्माण गर्दा प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर सुरुदेखि निर्माण गर्नुपर्‍यो ।”

मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि विसं २०७६ पुस १४ गते श्री रातो मच्छिद्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो । सम्झौताअनुसार उपभोक्ता समितिले विसं २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अस्तव्यस्त छ ।

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले रु तीन करोड आठ लाख आठ हजार नौ सय लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ । सम्झौता मितिमा काम सकिनुपर्ने तर हाल मन्दिर निर्माणको कामसमेत रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउछन् ।

सहकालका देवताका रूपमा मच्छिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्त्व बोकेको जात्राका रुपमा लिइन्छ । मच्छिन्द्रनाथ मन्दिर पाटन र बुङ्गमतिमा एक एक वटा रहेको छ । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार यो मन्दिर अत्यन्तै पुरानो मन्दिर हो । उनले भने, “मन्दिर स्थानपनाबारे कुनै शिलाखेल नभएको र हामीले सुनेअनुसार यो मन्दिर १४ सय वर्ष पहिले बनेको रहेछ । धेरै पुरानो तर बीचमा मर्मतसम्भार नभएकाले भूकम्पमा भत्किएको हो ।”

बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्‍याउने प्रचलन छ । पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य भन्छन्, “विसं २०८४ मा १२ वर्ष पुग्ने भएकाले मन्दिर पनि त्यही समयमा निर्माण हुन्छ जस्तो छ । काम गर्नेले निरन्तर काम गर्नुपर्ने हो तर गरिरहेका छैनन् ।”

Previous Post

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो

Next Post

रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

सम्बन्धित खबर

सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा
समाचार

सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा

२७ साउन २०८३,
फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान
समाचार

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

२७ साउन २०८३,
प्रधानमन्त्री साहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा
फिचर-ब्यानर

प्रधानमन्त्री साहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

२७ साउन २०८३,
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड
खेलमैदान

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

२७ साउन २०८३,
भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
आर्थिक

भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

२७ साउन २०८३,
कालीगण्डकीको कटानले जोखिममा पुल
आवाज

कालीगण्डकीको कटानले जोखिममा पुल

२७ साउन २०८३,
Load More
Next Post
रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In