मुक्तिनाथ कृषिकम्पनी लिमिटेडले, माननीय कृषितथा पशुपंन्छीविकास मन्त्री डा.वेदुराम भुसालज्यूको प्रमुखआतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. मिनबहादुर श्रेष्ठ ज्यूको विशिष्ट आतिथ्यता र कृषितथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसादशर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रकाप्रमुखतथाप्रतिनिधिज्यूहरुको समुपस्थितिमामिति २०८० भाद्र १७गते होटल ¥याडिसन, लाजिम्पाटमा “५ ओटा कृषि संरचनाहरुको समुद्घाटन”सुसम्पन्नभएको छ । समुद्घाटन समारोहको अध्यक्षतामुक्तिनाथ कृषिकम्पनीकाकार्यकारी अध्यक्षश्री भरतराज ढकालले गर्नु भएको थियो ।
कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना“भिजन २०८५”अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमाउच्चस्तरीय र दीगो सेवाप्रदानगर्ने अभिप्रायले निम्नानुसारका५ वटाकृषि संरचनाहरुको डिजिटल रुपमासमुद्घाटन गरिएको छ ।
१. इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित“प्रादेशिककार्यालयहरु”
२. स्याङजा र चितवनमाअवस्थित“फार्म उत्कृष्टता केन्द्र”
३.कृषिमालगानी प्रवद्र्धनकालागि“कृषिव्यवसाय परामर्श केन्द्र”
४.कृषकहरुलाई दैनिक सेवाको लागि“कृषकसंग मुक्तिनाथकल सेन्टर”
५. आर्टिफिसियल इन्टेलिजेन्समाआधारित“मुक्तिनाथ एप”
कार्यक्रममा स्वागतमन्तव्यर कार्यक्रमको उद्देश्यमाथिप्रकाशपार्दै, अध्यक्ष भरतराज ढकाललेमुक्तिनाथ कृषि जस्ता पब्लिककम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनकालागिप्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यलय मातहतएकिकृत कृषिविकास प्राधिकरणको स्थापनागर्दै सार्वजनिकनीजि सहकारीको साझेदारीमा कृषिचक्रको निर्माण गर्नुपर्ने बताउनुभयो ।साथै कार्यक्रमलाई सम्माननियप्रधानमन्त्रीज्यूको प्रमुखआतिथ्यतामा नै संचालनगर्ने अन्तिमतयारी भएतापनिनिर्धारीत समयभन्दा पछाडि कार्यव्यस्तताको कारण आउन सम्भवनभएको भनिजानकारी प्राप्तभएकोमामाननियमन्त्रीज्यू र अन्य विशिष्ट व्यक्तित्वहरु मार्फत प्रधानमन्त्रीज्यू समक्ष कृषि क्षेत्रको विकासकालागिगहन रुपमाछलफल गर्न अनुरोध गर्नुभयो ।
सयुंक्त राष्ट्र संघ, विश्वखाद्य संगठनका नेपालप्रमुख केन सिमिजूले कम्पनीसंग कोदोजन्यबालिवर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामीदिनमाकुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमासहकार्य गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । त्यस्तै कृषितथा पशुपन्छि विकास मन्त्रालयका सचिवज्यूले मुक्तिनाथ कृषिकम्पनीले समग्र मूल्यश्रृंखलाव्यवस्थापनमागरिरहेकाकार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागिधन्यवादव्यक्तगर्दै सार्वजनिकनीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठज्यूले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रमअत्यन्तैफलदायीरहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामासमेट्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुखअतिथिको रुपमा उपस्थित कृषितथा पशुपन्छि विकास मन्त्रीमाननिय डा. वेदुरामभुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायतकृषि संरचनाहरुको विकासमाजोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषिविकास प्राधिकरणकोआवश्यकता,औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक श्री रामशरण तिमल्सिनाले प्रस्तुतगर्नु भएको थियो भने कार्यक्रमको संचालनश्री सुगारीका के.सी. ले गर्नुभएको थियो ।
मुक्तिनाथ कृषिकम्पनीलि., “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ”अभियानद्वारा “संस्थागतमूल्यश्रृंखलाव्यवस्थापनमार्फत कृषिचक्रको निर्माण”गर्दै नेपालको अर्थतन्त्रलाई सवलबनाउने अभिप्रायले वि.सं. २०७५ सालभाद्र १५ गते स्थापनाभएको पब्लिक लिमिटेड कम्पनीहो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथविकास बैंक रहेको छ भने साथमाविभिन्नव्यवसायिक क्षेत्रमा संलग्नव्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्यश्रृङखलाव्यवस्थापनकालागिव्यवस्थापकीयभूमिकानिर्वाह गर्नको लागिमुख्यतकृषिश्रोत केन्द्र, कृषिप्रशोधन केन्द्र, कृषिबजार केन्द्र र कृषिव्यवसाय परामर्श केन्द्रकोअवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।
कार्यक्रममा धन्यवाद तथा समापन मन्तब्य राख्दै कम्पनीका संचालकश्री सिताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषिकम्पनी जस्ता कृषि क्षेत्रमाकार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रवद्र्धन र नियमनगर्नु पर्नेमाजोड दिनु हुँदै उपस्थित सम्पूर्ण अतिथितथा सहभागीज्यूहरुलाई धन्यवाददिँदै आगामीदिनमा कृषि क्षेत्रमाउल्लेख्य योगदान दिनसहकार्यको लागिआह्वान पनि गर्नु भएको थियो ।













