• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिनेत्री दिव्या दत्ताले सुनाइन ‘चलचित्र यात्रा’

by
१७ भदौ २०८०,
0
अभिनेत्री दिव्या दत्ताले सुनाइन ‘चलचित्र यात्रा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरिन् । बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छिन् ।

लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उनले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइा् । “म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आए जस्तो महसुस भएकै छैन्”, उनले भनिन् । ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’ लगायतका चलचित्रमा काम गरेकी अभिनेत्री दत्ताले बाल्यकालमा भारतीय अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको बताइन् ।

आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आवद्ध हुन्छु भन्ने लागेको थियो । पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गरिन् ।

“मेरो बुबा म सानै छदा बित्नुभयो, त्यसैले आमालाई मनका कुरा भन्न सहज भए पनि भन्न सक्थिन्”, अभिनेत्री दत्ताले भनिन् । उनले ‘ट्यालेन्ट हन्ट’को सहभागिताका लागि निवेदन दिँदा चाहिने तस्बिर खिच्न भाइको सहारा लिइन् । त्यहाँ छनोट भएपछि भाइसँगै आमालाई आफ्नो सपनाबारे परिचित गराइन् ।

“मैले र भाइले आट गरेर आमालाई भनेका थियौँ । उहाँसँग हामीलाई डर लाग्थ्यो, आमाले मलाई सपनाको उडान भर्ने सहमति दिनुभयो, यद्यपि मेरो अध्यनलाई असर नपुग्ने गरी”, उनले भनिन् । यहीँबाट बलिउड यात्रा प्रारम्भ गरेकी अभिनेत्री दत्ताले अभिनेत्री मनिषा कोइरालाका कारण काम पाइन् । उनको अनुहार मिल्दोजुल्दो देखिएपछि उस्तै खोजिका साथ् आउने निर्माताले काम दिन थाले । यसको उदाहरण ‘अग्निसाक्षी’ हो ।

“मलाई अन्य अभिनेत्रीको छायाँ बन्नु थिएन, तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ, सुरुआतमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिन”, अभिनेत्री दत्ताले भनिन् ।

‘वीरजारा’ जस्तो चलचित्रमा काम गरेर पनि आफूलाई परिचित गराउन असहज देखेपछि उहाँको यात्रा रोकिने अवस्थामा पुग्यो । सोही समयमा आमाले पाएको भूमिकालाई निर्वाह गरेर सङ्घर्ष गर्न सुझाएको अभिनेत्री दत्ताले सम्झिइन् । “आमाले चलचित्रमा निरन्तर काम गर्न दिएको सुझाव मानेर काम गरें, त्यही क्रममा मैले ‘दिल्ली ६’, ‘भाग मिल्का भाग’ जस्ता चलचित्रमार्फत आफूलाई प्रमाणित गरें”, उनले भनिन् “अहिले वेब शृङ्खलासँगै चरित्रप्रधान चलचित्र बन्ने गरेका छन्, अहिले सङ्घर्ष गर्न पहिलेभन्दा सजिलो छ ।”

सफल अभिनेत्री बन्दै गर्दा उनले लेखनमा समेत आफूलाई अगाडि ल्याइन् । पहिलो पुस्तक ‘मि एन्ड माँ’ भित्र उनले आमासँगको सम्बन्धलाई शब्दमार्फत व्याख्या गरिन् । उनले काम र यात्रालाई सुन्दर बनाइदिने मानिसलाई लक्षित गर्दै दोस्रो पुस्तक ‘द स्टार्स इन माइ स्काइ’ तयार गरिन् । उनलाई आफ्नो शब्दको शक्ति महसुश भने पहिलो पुस्तकबाटै भएको थियो ।

“मलाई एकदिन चन्डीगढको विमानस्थलमा एक महिलाले बोलाइन, मैले अभिनयको कुरा होला भन्ने ठानेको थिएँ, तर उनले तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो भनिन्, त्यसपछि मैले पुस्तकको महत्व बुझें”, उनले भनिन् । यसरी आफूलाई अभिनेत्रीसँगै साहित्य क्षेत्रमा समेत परिचित गराउन सफल अभिनेत्री दत्ताले केही समय यता ओभर दी टप (ओटीटी) का लागि निर्माण हुने चलचित्र तथा शृङ्खलामा काम गरिरहेकी छिन् ।

“एउटा कलाकारका लागि महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता, यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ, यो क्षेत्र निकै अनिश्चत छ, भोलि के हुन्छ, कसैलाई थाहा हुन्न, सायद भोलि केही पनि नहुन पनि सक्छ, तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न”, अभिनेत्री दत्ताले भनिन् ।

उहाँ तीन दिने महोत्सवअन्तर्गत विभिन्न सत्रमा सहभागी भएर विविध पाटोमा छलफल गरिरहेकी छिन् । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव ९केएलएफ० भारतको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।

Previous Post

तेल अभिभमा इरिट्रियाका प्रदर्शनकारी र इजरायली प्रहरीबीच झडप, एक सय जनाभन्दा बढी घाइते

Next Post

नार्कको बाँझो जमिनबारे अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
माफियाले गिद्धे नजर लगाएपछि सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन

नार्कको बाँझो जमिनबारे अध्ययन गर्न कार्यदल गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In