स्मार्टफोन र ट्याब्लेटहरूको अत्यधिक प्रयोगका कारण बालबालिकामन मानसिक र शारीरिक रूपमा बिरामी भइरहेको पाइन्छ । विभिन्न अनुसन्धानका अनुसार दिनको दुई घन्टाभन्दा बढी स्मार्टफोन चलाउने बच्चालाई सुत्न समस्या हुने र तनावको शिकार हुने पत्ता लागेको छ ।
स्मार्टफोनको सबभन्दा बढी असर किशोर र १० वर्षभन्दा कम उमेरका बच्चामा परेको पाइन्छ । बच्चाहरूले आठ÷नौ घन्टाभन्दा कम निदाएमा पढाइ तथा अन्य कार्यमा उचित प्रदर्शन गर्न सक्दैनन् ।
ग्याजेटको अत्याधिक प्रयोगका कारण धेरै बालबालिहरु मानसिक रोगको शिकारमा बन्दै गएकोले उनीहरुलाई मानसिक रोगी हुनबाट बचाउनुपर्ने देखिन्छ । यसका लागि बालबालिकालाई खेल तथा अतिरिक्त क्रियाकलापमा रुचि उत्पन्न गराउनुपर्ने हुन्छ । अनलाइन र टेलिभिजनमा बिताउने समय व्यापक कटौती गरी उनीहरूको ध्यान पढाइ र खेलकुदमा आकर्षिक गर्नुपर्ने हुन्छ ।
बालबालिकाले एक घन्टा र किशोरकिशोरीले दुई घन्टा भन्दा बढी स्मार्टफोनको स्क्रीन हेर्न नहुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।













