• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोका कारण सात घर विस्थापित

by
१५ भदौ २०८०,
0
पहिरोका कारण सात घर विस्थापित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु-याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित भएका छन् ” खत्रीले भने ।

उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौँ बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उहाँले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौ ”, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।

“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पु¥याएको क्षति देखाउँदै कार्कीले भने “अब के खाने, कहाँ गएर बस्ने रु” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।

पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।

जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण० ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पु¥याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।

पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।

दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पु¥याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।

“कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उनले भने । “अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्”, पौडेलले भने ।

Previous Post

चिनियाँ गिरोहको आपराध अपराध धन्दाः सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

Next Post

स्मार्टफोनले बच्चाहरूलाई रोगी बनाउँछ

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध

स्मार्टफोनले बच्चाहरूलाई रोगी बनाउँछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In