• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी प्रदेश सरकार स् सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद

by
३० साउन २०८०,
0
कोशी प्रदेश सरकार स् सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्य र कर्मचारीका लागि खरिद गरेको विद्युतीय चुलो २१ जना सांसदले बुझेका छन्।

विद्युतीय चुलो बुझ्नेमा कोशी प्रदेश सरकारका दुई पूर्वमन्त्रीसमेत रहेका छन्। माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता एव पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बो र एमाले नेता एव पूर्वसामाजिक मन्त्री बुद्धीकुमारराज भण्डारीसमेत रहनुभएको छ।

प्रदेश सरकारले प्रदेशसभा सदस्य र कर्मचारीका लागि विद्युतीय चुलो खरिद गरी वितरण गर्न थालेपछि कतिपय प्रदेश सभासदस्यले त्यसको विरोध गरिरहँदा पूर्वमन्त्रीहरुले नै विद्युतीय चुलो बुझेर लगेको पाइएको छ।

कोशी प्रदेश सचिवालयका अनुसार गएको साउन १५ गतेदेखि आइतबारसम्म प्रमुख तिन दलका २१ जना सांसदले चुलो बुझेका छन्। आइतबारसम्म चुलो बुझ्नेमा कोशी प्रदेश सरकारको नेतृत्व गरिहेको दल नेपाली कांग्रेसका सांसद सबैभन्दा बढी छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदर सरकारमा सहभागी एव प्रदेश सभामा प्रतिनिधित्व गर्ने तेस्रो ठूलो दल माओवादी केन्द्रका सांसदसमेत रहेका छन्।

काग्रेसका १२ सांसद एमालेका ७ र माओवादी केन्द्रका दुई सांसदले चुलो आइतबारसम्म बुझेर लगेका कोशी प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि चुलो बुझेर लगेका तर बीचमा विरोध हुन थालेपछि केही सांसदले चुलो फिर्ता पनि गरेका छन्। जसमा चुलो बुझेर लगेर फिर्ता गर्नेमा कांग्रेसकी इन्दिरा थापा र एमालेका लीला बल्लव अधिकारी हुनुहुन्छ। विरोध सुरु भएपछि उहाँहरुले चुलो नलिने घोषणा गदै प्रदेशसभा सचिवालयमा बुझेर यसअघि घर लगेको चुलो फिर्ता गरेको प्रदेश सभा सचिवालयका कर्मचारीले बताएका छन्।

कोशी प्रदेश सरकारले टेन्डरमार्फत अगेनो ब्रान्डका ६१३ वटा विद्युतीय चुलोे खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँमा ६१३ थान इन्डक्सन चुलो किनेको थियो।

प्रदेश सरकारले एक करोड बजेटमध्ये ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरी चुलो प्रदेश सभासदस्य र प्रदेशमातहतका कर्मचारीलाई वितरण गरिरहेको छ। जसमा प्रदेशसभा सचिवालयका लागि ८८ थान, प्रदेशसभा सदस्यका र थप ३१ थान प्रदेशसभा सचिवालयमा कार्यरक्त कर्मचारीलाई वितरण गर्न लागेको हो।

प्रदेशसभा सचिवालयमा अहिले कुल ५१ जना कर्मचारी कार्यरत छन्। जसमा २९ जना स्थायी र २१ जना करारका कर्मचारी छन्। प्रदेशसभा सदस्यका लागि कुल आएको विद्युतीय चुलो मध्ये २१ जनाले मात्र लिएको र त्यसमापनि पछिल्लो समय दुई जनाले फिर्ता गरेपछि अहिले ६९ थान विद्युतीय चुलो स्टोरमा थन्किएको प्रदेशसभाका स्टोरकिपर कुमार फुयालले बताउनुभयो।

खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले चुलो खरिद गरी कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेशसभा सचिवालयमा पठाइएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारले विद्युतिय उर्जा प्रयोग वृद्धिकालागि प्रोत्साहन गर्न भन्दै चुलो खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेटमार्फत गत असोज ९ गते चुलो खरिदका लागि टेन्डर आह्वान भएको थियो।

पहिलो सूचनामा स्पार्क इनकर्पोरेसन, भिजन अफ किचन लिङ्स काठमाडौ र अर्को एउटा कम्पनीले टेन्डर भरेका थिए। तर तीन वटा कम्पनीले भरेको टेन्डर प्रक्रिया नपुगेको भन्दै रद्द भएको थियो। मन्त्रालयले दोस्रोपटक सूचना निकाल्दा एउटा मात्रै बिक्रेताले टेन्डर भर्यो।

मन्त्रालयले ९६ लाख ५ हजार ६ सय ४८ रुपैयाँमा मुल्य तोकेर खोलेको सूचनामा स्पार्क इन्कर्पोरेसन ललितपुरले मात्रै टेन्डर भरेको थियो।सो कम्पनीले ९५ लाख रुपैयाँमा टेन्डर भरेको थियो। अन्य प्रतिस्पर्धी नभएपछि सोही मूल्यमा ठेक्का पाएको थियो। सुरुमा टेन्डर आह्वान गर्दा टेन्डर भरेका तीन वटा कम्पनीले प्राविधिक सर्त पुरा गर्न सकेका थिएनन्।

खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले खरिद गरेको विद्युतीय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेका ती चुलो मन्त्रालयले १३ हजार चार सय रुपैयाँका दरले खरिद गरेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताउनुभयो। तर समान्यतया चुलो बजारमा भने १० हजार पाँच सय रुपैयाँ देखि १२ हजार पाँच सय रुपैयाँसम्ममा पाइन्छ।

ब्यापारीका अनुसार प्रदेश सरकारले खरिद गरेकै अगोनको ब्रान्डको मोडल नम्बर ‘एजिएन–डी आइआई–१००’ को बजार मूल्य १० हजार पाँच सयदेखि ११ हजार रुपैयाँ रहेको छ।

दुई हजार र १५ सय वाटका सुविधायुक्त चुलो मन्त्रालयले टेन्डरमार्फत १३ हजार ४ सयका दरले ६१३ वटा खरिद गरेको थियो। सांसद र कर्मचारीलाई वितरण गर्न खरिद भएको चुलो युरोपियन प्रविधिमा आधारित रहेको प्रवक्ता माझीले बताउनुभयो। अगेनोका एक विक्रेताले मोडल र वाटअनुसार चुलोको बजार मुल्य १० हजार पाँचसयदेखि २० हजार रुपैयाँसम्म पर्ने गरेको उहाँको दाबी छ।

यता सरकारले वितरणका लागि ल्याएको चुलो नलिने नेपाली कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताउनुभयो। नागरिक समस्यामा परेका बेला सांसदलाई सुविधा माथि सुविधा दिन उपयुक्त नरहेको उहाँको भनाइ थियो। कोशी मुख्यमन्त्री उद्धव थापाले पनि चुलो खरिदले अलोचना भएको बताउनुभयो।

खानेपानी, सिँचाइ तथा उर्जामन्त्री प्रदीप सुनुवारले आफूहरु आउनअगाडि कै निर्णयअनुसार खरिद भएको चुलो वितरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो।

यस अघिपनि अघिल्लो सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँमा कोशी प्रदेशसभालाई उपलब्ध गराएपछि प्रदेश सभाले प्रदेश सभा सदस्यहरूलाई बाँड्ने एक सय वटा ल्यापटप खरिदका लागि टेन्डर आह्वान गरेको थियो। तर प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला तीन दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले सचिवालयले बाँड्ने ल्यापटप नलिने घोषणा गरेपछि गएको जेठ १० गते ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको थियो।

चुलो बुझने सांसद

नेपाली कांग्रेस

हिमाल कार्की, सुनिता चौधरी, लखिकुमारी गणेश, सुनिताकुमारी गुरुङ, भूमिप्रसाद राजवंशी, मैयाँ श्रेष्ठ, गयानन्द मण्डल, डोल्मा तामाङ, इस्न्नाइल मन्सुरी, खगेश्वरी पौडेल, इन्दीरा थापा, ममता लामा मगर।

एमाले

ललिता कुमारी चौधरी, बुद्धीकुमारराज भण्डारी, गीतारानी महतो, जयप्रकाश चौधरी, ज्ञानेन्द्र सुवेदी, लीलावल्लभ अधिकारी, रामबहादुर मगर।

माओवादी केन्द्र

इन्द्र आङ्म्बो र गीतादेवी तिम्सिना

फिर्ता गर्ने सांसद

एमाले सांसद लिलावल्लभ अधिकारी र नेपाली काग्रेसकी सांसद इन्दिरा थापा

Previous Post

प्रहरीले ६ वर्षदेखि खोजी गरेका हत्या आरोपी केन्द्रीय कारागारमै भेटिए

Next Post

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In