• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

by
२८ साउन २०८०,
0
हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् ।

विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ ।

सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ ।

सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले छ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन । हात्ती सफारी बन्द गरेर उनले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन। उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक ९झाडीमा हात्तीसँगै घुम्ने० प्याकेज तयार गरिएको छ । यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् । उनीहरुले बिहानी खाजा ९ब्रेक फाष्ट० हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग रु तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उनले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए ।

गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहेका छन। दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् । उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ ।

समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । “हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ”, उनले भने । सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उनले त्यसले पूर्णता भने पाउन नसकेको बताए । तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ ।

उनले भने “हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ ।” हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उनले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताए ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उनको भनाइ छ । जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो । थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ । उनले भने “हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ ।”

सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ । संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ । कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो । संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उनको भनाइ छ ।

व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उनको भनाइ छ । एउटा हात्ती पाल्न मासिक करिब रु एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिए। एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा रु एक करोड ५० लाख पर्छ ।

Previous Post

सन्नी देओलको गदर-२ को ४० करोडको ओपनिङ

Next Post

रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In