काठमाडौँ – फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे ।
उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ ।
तर पक्कै पनि सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु धेरै छन् र उनीहरु फिल्ममा उनको सट्टा रणवीरको प्रवेशबाट आक्रोशित छन् । यस्तो अवस्थामा फरहानले कसरी शाहरुखको ठाउँमा रणवीर सिंहलाई दिए भन्ने कुरा बाहिर आएको छ ।
फरहान अख्तरको एकदमै नजिकको स्रोतले दावी गरेको छ कि फरहानले शाहरुखको सट्टा अरू कुनै अभिनेताको बारेमा सोच्न सक्छन् भन्ने कसैलाई लाग्छ रु स्रोतका अनुसार शाहरुखले डन ३ को बारेमा फरहान अख्तरसँग लामो कुराकानी गरेका थिए ।













