सफल मान्छेहरु चमत्कार हुने र कुनै काम सजिलोसँग बनिहाल्ने आशामा बस्दैनन् । बाधा, अड्चनमाथि विजय पाउन उनीहरु साहस र सामथ्र्यमा निर्भर बन्छन् । उनीहरु के गुम्योभन्दा पनि के चाहिँ बाँकी छ ? त्यसपट्टि ध्यान पु-याउँछन् । इच्छाहरु त्यसै साका हुँदैनन्, आशा, भरोसा र दृढतापूर्वक लगन खोज्छन् । प्रार्थनाकै प्रतिफल पनि तब मिल्छ, जब साहसपूर्ण तवरले काम गरिन्छ । साहस र चरित्रको मेल सफलताका लागि अत्यन्त महत्वको विषय बन्छ । साधारण र असाधारणबीचको खास भिन्नता पनि यही हो ।
हाम्रो मन साहसले परिपूर्ण जब हुन्छ तब हामी आफ्ना डरहरु बिर्सन्छौँ । यसपछि त जस्तोसुकै बाधा, अड्चन किन नहोस, त्यसमाथि हामी विजयी बन्छौँ । साहस भनेको डरको अनुपस्थिति हैन, यो त डरमाथिको जित हो । विनासाहसको न्याय, निष्ठा र इमानदारीसमेत प्रभावकारी हुँदैनन् । चरित्रविनाको साहस पनि खतरायुक्त हुन्छ, त्यसले त झन् अपराधकै रुप लिनपुग्छ ।
साभारः ‘तपाईंको जित’ पुस्तकबाट













