१. कोही पनि जन्मले हिन्दू र मुसलमान हुँदैन । जन्मले त सबै मानिस हुन् र बन्धुबान्धव हुन् । यो भेदभाव त यहाँका स्वार्थी मानिसले चलाएका हुन् ।
२. संसारमा यस्ता मानिस मुस्किलले पाइन्छन् जसले खास गरेर संसारको भण्डारमा राख्न सकियोस्, जो जाति र वर्गको अभिमानबाट माथि उठेका होऊन् तथा जसको ममता र लोभ समाप्त भएका होऊन् ।
३. ईश्वर एक छन्, ईश्वर नै प्रेम हुन्, ईश्वर संगठन स्वरुप हुन् । उनी मन्दिर, मस्जिद भित्र र बाहिर पन विद्यमान छन् । ईश्वरको दृष्टिमा सबै मनुष्य समान छन् ।
४. यदि कसैले स्वयम्लाई महान् ठान्दछ तब उसको विकास हुन सक्दैन, बरु छिट्टै उसको पतन हुन्छ ।
५. हामी मासुका पिण्ड हौँ । मांस मै जन्मलिन्छौँ । केवल मांसका पात्र हौँ । पण्डितलाई यसको ज्ञान छैन । ती त केवल आफ्नो चातुरता र तर्कको अहङ्कारले भरिपूर्ण छन् ।
६. संयम वा इन्द्रिय दमनको भट्टि बनाऊ । धैरै अनुसार होस् । गुरुबाट प्राप्त ज्ञान हथौडा होस् । परमात्मा आगो फुस्क्ने पंखा होस् । तपस्या अग्नि होस् । प्रेम पात्र होस् । नामरुपी अग्नि गालेको सुन होस् । यस प्रकार वास्तविक टक्सार बन्दछ, जहाँ गुरुका शब्दका सिक्का ढालिन्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













