• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन ठूलो भएकी ‘पियारी आमा’

by
१९ साउन २०८०,
0
मन ठूलो भएकी ‘पियारी आमा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरें, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।’

गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन् । पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ ।

विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छन् । ‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिन हुन्न’, उनले भनिन्, ‘त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।’ पियारी आमाले आफूसँग भएको जग्गा मात्रै होइन, उनका श्रीमान भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सन समेत अरुलाई सहयोग गर्ने गरेकी छन् । विशेष गरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । ‘अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नु भएको छ’, उनले भने । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मान समेत गरेको छ ।

शिक्षाको विकासका लागि निःस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । ‘शिक्षाको विकासमा बिना स्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनु पर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ’, उनले भने ।

Previous Post

मेक्सिकोमा बस दुर्घटनामा १७ को मृत्यु

Next Post

महिला काण्डमा डिएसपी कुटिए

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
Load More
Next Post
महिला काण्डमा डिएसपी कुटिए

महिला काण्डमा डिएसपी कुटिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In