• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सबैभन्दा हट प्रथम महिला’को उपमा पाएकी पत्नी सोफीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री

by
१८ साउन २०८०,
0
‘सबैभन्दा हट प्रथम महिला’को उपमा पाएकी पत्नी सोफीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरबीच १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुटेको छ। उनीहरु एकअर्काले बुधबार सामाजिक सञ्जालमार्फत् छुट्टिने घोषणा गरेका छन्।

‘सोफी र म यो तथ्य सार्वजनिक गर्न चाहन्छौँ कि धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले छुट्टिने निर्णय गरेका छौँ’, ट्रुडोले इन्स्टाग्राममा लेखेका छन्। सोफीले पनि यस्तै पोस्ट गरेकी छन्।

ट्रुडो र सोफीको सन् २००५ को मे महिनामा विवाह भएको थियो।

उनीहरुको तीन सन्तान छन्।

सम्बन्धविच्छेदपछि सोफी ओटावामा छुट्टै बस्नेछिन्।

सन् २०१५ मा प्रधानमन्त्री बनेयता ट्रुडोका लागि यो सबैभन्दा ठुलो व्यक्तिगत संकट हो।

ट्रुडोले यसै साता आफ्नो सम्बन्धविच्छेदबारे सार्वजनिक रुपमा बोल्ने अनुमान गरिएको छ।

रोयर्टस्ले जनाएअनुसार युनिभर्सिटीमा कमर्स पढेकी लैंगिक समानताका हिमायती सोफी र ट्रुडोबीच सन् २००३ मा भेट भएको थियो। त्यति बेला सोफी रिपोर्टर थिइन्। त्यसको दुई वर्षपछि उनीहरुको विवाह भएको थियो।

सन् २०१५ को अन्त्यमा प्रधानमन्त्री हुँदा ट्रुडो ४३ वर्षका मात्र थिए र तीब्र पहिरनमा सजिएका ट्रुडोले विश्व मिडियाको ध्यान खिच्न सफल भएका थिए।

अक्टोबर २०१५ मा न्युयोर्क पोस्टले उनलाई ‘संसारको सबैभन्दा हट प्रथम महिला’को संज्ञा दिएको थियो।

ट्रुडोले पदभार ग्रहण गरेपछिका प्रारम्भिक वर्षहरूमा उनी र सोफी प्रायः सामाजिक समारोहहरूमा र विदेश भ्रमणहरूमा सँगै देखिन्थे।

यद्यपि, ट्रुडोले आफू प्रधानमन्त्री हुनुअघि नै दुवैले चुनौतीको सामना गर्नुपरेको स्पष्ट पारेका थिए र सन २०१४ मा आफ्नो आत्मकथा ‘कमन ग्राउन्ड’मा लेखेका थिए, ‘हाम्रो विवाह पूर्ण छैन र हामीले कठिन उतारचढाव भोगेका छौँ।’

हालैका वर्षहरूमा सोफीले आफ्नो पतिसँग सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन कम गरेकी थिइन्।

गत वर्ष आफ्नो विवाहको वर्षगाँठको अवसरमा उनले एक सामाजिक सञ्जाल पोस्टमा भनेकी थिइन, ‘हामीले घाम लाग्ने दिनहरू, भारी आँधीबेहरी र बीचमा रहेका सबै चीजहरू पार गरेका छौँ र यो समाप्त भएको छैन।’

गत मे महिनामा राजा चाल्सको राज्याभिषेकका लागि लण्डन गएका यी दुई मार्चको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणका क्रममा सँगै थिए।

सोमबारसम्म ट्रुडोले आफ्नो विवाहको औंठी लगाएका थिए।

सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो।

Previous Post

तालिवानले तोडेको बुद्दको मुर्ति हेर्न अफगानिस्तानमा पर्यटकको घुइँचो

Next Post

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In