१. कृत्रिम प्रेम धेरै दिनसम्म टिक्न सक्दैन । स्वाभाविक प्रेमको अभिनय गर्न सकिन्न ।
२. स्वयम्लाई ईश्वरको गुप्तचरको सदस्य भनेर शुद्धाशुद्धीको बहानामा हामीलाई के अधिकार छ कि हामीले त्यस्ता मानिसका निजी व्यवहारको चियोचर्चाे गरौँ जसको सामाजिक जीवन राष्ट्रका लागि हितरकर छ ।
३. स्वयम्लाई कुनै वस्तुको अधिकार त बनाऊ तर त्यसको प्राप्तिको इच्छा नराख ।
४. यो सम्झ कि जिउँदो विश्वास र उज्जवल ज्ञान बिना केही पाउन सकिँदैन । हामी एक पाइला पनि अघि बढ्न सक्दैनौँ । त्यस जातिको इतिहास गौरवमय बन्न सक्छ, जसमा इमान छ ।
५. यदि तिम्रो हृदय इमानले भरिएको छ, तब एक शत्रु त के पूरा संसारले तिमी समक्ष हतियार फ्याँक्नेछ ।
६. भक्ति वा प्रेम रोइ–कराई र माग्नु–जाँच्नुको अभावात्मक अवस्था होइन । त्यो एक यस्तो अनिर्वचनीय समता दिलाउने अवस्था हो, जहाँ माधुर्य, आनन्द, मस्ती र लापरवाही स्वयम् बिस्फोट भएर निस्कन्छ । यो अवस्था सबैमा सर्वात्मा प्रभुलाई देख्नुको हो । यसो अवस्था जहाँसुकै दृष्टि परोस् आफ्नो आत्मदेवलाई देख्नुको हो । यो अवस्थामा यो अनुभव गर्नु कि सर्वात्मा ‘सब’ स्वयम् सौन्दर्य हो र त्यही म हुँ त्यही तिमी हौ, तत्वमसि ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













