• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

by
१ साउन २०८०,
0
पानी अभावले रोपाइँ गर्न ढिलाइ

Wffg /f]Kb} ls;fg un]Zj/, !) h]7 M DofUbLsf] dªunf ufpFkflnsf–#, a/ªhfsf] cfN6fdf wfg /f]Kb} ls;fg . DofUbLsf pRr n]sfnL If]qdf /f]kfOF ;'? ePsf] 5 . tl:a/ M w|'a;fu/ zdf{÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ ।

‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै

काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’

‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी

मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’

यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतिकला परियारले बताउनुभयो । “यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक साताअघि रोपाइँ सकेका हौँ ।” हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउँने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतिकलाले बताउनुभयो । उहाँले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ”, उहाँले भन्नुभयो, “रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।

” कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताउनुभयो । पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उहाँको भनाइ थियो । “रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्”, उहाँले भन्नुभयो, “बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेलका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुश्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ ।” विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे्सँगै रोपाइँ गर्दा समेत टिकटक बनाइरहेका धेरै देखिने उहाँको भनाइ थियो ।

“अचेल रोपाइँ गर्ने तरिकासमेत बद्लिँदै गएको छ । खेताला जम्मा भएर रापाइँ गर्ने चलन कम हुँदै मेसिनले खेत रोप्ने चलन बढिरहेको छ”, किसान शर्माले भन्नुभयो, “पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।” विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन् । कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रिता धामीले बताउनुभयो । उहाँका अनुसार खेती गर्न विभिन्न मेसिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दासामाजिक सञ्जालमा रमाइलो गर्नेहरु बढेका छन् । आजभोलि महिला टिकटक बनाउने, भिडियो बनाउनेजस्ता कार्य गरेर रमाइलो गर्ने गरेका धामीले बताउनुभयो ।

“हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’’, उहाँले भन्नुभयो, “टिकटक बनायौँ, विभिन्नखाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।” मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो । उहाँसँगै साथीहरुले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताउनुभयो । “हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ”, उहाँले भन्नुभयो, “गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम ग¥यौँ ।” संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराकोसमेत संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । “नयाँ प्रविधि भित्रनु नराम्रो होइन”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।”

Previous Post

चीनका यूवा पुस्ताद्वारा विवाह गर्न आनाकानी

Next Post

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In