• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित

by
२२ असार २०८०,
0
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ । मेची राजमार्ग दुई सातादेखि अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित भएका छन्।

मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।

गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन। पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ।

विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भत्तजनको सङ्ख्यामा कमी आएको हो। विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले १०० भन्दा कम हुन थालेको महतले बताए।

समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ। ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ।

तीन साता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन। पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ। बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन। बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन्।

राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन। पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो। त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आउनुभएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन। केही दिन अगाडि मात्र विभागीय प्रमुखहरूसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गर्नुभएको थियो। सरकारले नै निकै चासो राख्दा पनि यत्रो दिनमा राजमार्ग सञ्चालन आउन सकेको छैन।

अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए। लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जानएको छ।

बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौँको सङ्ख्यामा यात्रुहरूलाई सास्ती खेप्नुपरेको छ। छिटोभन्दा छिटो बेलिब्रिज बनाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने गरी निर्माण कार्यमा भइरहेको छ।

Previous Post

अवैध बजारमा सस्तिए पनि किन नेपाल भित्रिँदैछ १० अर्ब भारु ?

Next Post

अर्बौंका ठेक्काको म्याद थपमा चलखेल

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

अर्बौंका ठेक्काको म्याद थपमा चलखेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In