• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अवैध बजारमा सस्तिए पनि किन नेपाल भित्रिँदैछ १० अर्ब भारु ?

by
२२ असार २०८०,
0
अवैध बजारमा सस्तिए पनि किन नेपाल भित्रिँदैछ १० अर्ब भारु ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । तीन महिना देखि लगातार सीमावर्ती बजारमा भारतीय रुपैयाँको अवमूल्यन जारी छ। यसबाट दुबै देशका सुरक्षा अधिकारी चिन्तित छन्। अप्रत्याशित रुपमा नेपाल भित्रिएको भारतीय रुपैयाँ ‘कसको र कस्तो’ हो रु भन्ने ठम्याउन दुबै देशका सुरक्षा अधिकारीलाई गाह्रो भएको छ। विगत तीन महिनादेखि नेपाल भित्रिने भारतीय रुपैयाँको लर्को दशैँसम्म चलिरहने छ। कालो धनको रुपमा भारतबाट नेपाल १० अर्ब भारतीय रुपैयाँ आउने योजना रहेको छ। जसले गर्दा भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ लगभग ५ देखि १० प्रतिशतले मङ्हगो भएको छ। सीमावर्ती बजारमा भारतीय १ सय भारतीय रुपैयाँको १ सय ५३ नेपालीमा कारोबार भइरहेको छ। नेपालका सीमावर्ती बजारमा भने भारतीय रुपैयाँ चलिरहेको छैन। खाँचो टार्ने, धेरै आवश्यक भएको व्यक्तिले नेपाल ७ सयमा भारतीय ५ सयको रुपैयाँ लिने गरेको भेटिएको छ।

वीरगन्ज– रक्सौल नाकाबाट मात्र २ अर्ब भारतीय रुपैयाँ ६ महिनामा भित्र्याउने योजना देखिएको सुरक्षा सूत्रको दाबी छ। सुरक्षा सूत्रको भनाइमा ‘बाँकी ८ अर्ब रुपैयाँ अरु नाकाबाट भित्र्याइदै छ, रक्सौलबाट प्रत्येक दिन भित्रीरहेको हुन्डीको रुपैयाँ वीरगन्ज, हेटौँडा भएर पोखरा पुग्छ। प्रत्येक महिनामा ५० करोड रुपैयाँ ल्याएर दशैँसम्म सबै पैसा पोखरा पुर्‍याउने लक्ष्य देखिन्छ। यो हुन्डीको अवैध कारोबारमा वीरगञ्जका कतिपय बैंकहरूले पनि सहयोग गरेको देखिन्छ।’

जिल्ला प्रहरी कार्यालय पर्साले लगातार हुन्डीका अवैध रुपैयाँ बरामद गर्दै आएको छ। पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आफू आए देखि नै सीमामा हुने अवैध कारोबारीमा कडाइ गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “म आए देखि १ करोडभन्दा बढी हुन्डीका रुपैयाँ बरामद गरी कार्यवाही अगाडि बढाइएको छ। सीमामा हुने सबै खाले तस्करी र अपराधका कार्यहरूलाई कडाइका साथ नियन्त्रण गरिएको छ।”

हुन्डीको माध्यमबाट भित्री रहेको भारतीय रुपैयाँले गर्दा सीमावर्ती बजारको आर्थिक अवस्थामा ठुलो अस्थिरता आएको छ। नेपाल भारती बिच रहेको व्यापारको ठुलो खाडलले गर्दा सीमामा सँधै भारतीय रुपैयाँ महँगो हुँदै आएको थियो। तर विगत ३ महिना देखि सुरु भएको भारतीय रुपैयाँको गिरावटले गर्दा नेपाल आउने भारतीय पर्यटकहरूलाई ठुलो समस्या उत्पन्न हुने गरेको छ। सीमावर्ती क्षेत्रहरूमा सटही बैकको व्यवस्था नभएको कारण भारतीय रुपैयाँ लिएर नेपाल भित्रिने पर्यटकहरूलाई कठिनाइ भइरहको रक्सौलका व्यापारी महेश अग्रवालले बताउनुभयो। महेशले भन्नुभयो, “जनकपुर र काठमाडौँ तथा पोखरा जाने पर्यटकहरूलाई ठुलो कठिनाइ हुने गरेको छ, नेपाली व्यापारीहरूले भारतीय रुपैयाँको दर मनोमानी रुपमा लिइरहेको पर्यटकहरू फर्किदा गुनासो गर्ने गरेका छन्।”

आधिकारिक रूपमा १०० भारुको विनिमय दर १६० रुपैयाँ छ। नेपाल राष्ट्र बैंकले भारुसँग स्थिर विनिमय दर तोकेको हुनाले अन्य देशको जस्तो परिवर्तन हुँदैन। तर, अनौपचारिक विनिमयमा सीमावर्ती शहरमा औपचारिक विनिमय दरभन्दा ५–६ रुपैयाँ कममा सटही भइरहेको छ। राष्ट्र बैंकले जनाएअनुसार भारतीय रुपैयाँसँग नेपालको विनिमय दर २०५० सालदेखि स्थिर छ।

प्रहरीको कार्यवाही ‘हुन्डीमा कडाइ सुनमा जिरो’

देशको अर्थतन्त्र नै ध्वस्त पार्ने गरी यतिबेला मधेश प्रदेशका विभिन्न जिल्लाबाट हुन्डीको कारोबार फस्टाएको छ। नेपालबाट भारत तर्फ काम गर्ने सबै सुनका कारोबारी भारतबाट नेपाल तर्फको हुन्डी कारोबारमा लागेका छन्, मधेश प्रदेशका राजधानी जनकपुरलाई केन्द्र बनाएर सुनको अवैध कारोबार र हुन्डीको कारोबारलाई सक्रियता दिइएको छ। वीरगञ्जका अन्तर्राष्ट्रिय सुन र हुन्डीको ठूला कारोबारीहरू आफ्ना विभिन्न एजेन्टहरूका माध्यमबाट मधेश प्रदेशका आठ वटै जिल्लाबाट सुन र हुन्डीको कारोबारलाई परिचालन गरि नगद रकमको ओसारपसार साथै सुनको समेत कारोबारलाई निरन्तरता दिएका छन्।

भारत सरकारले पटक पटक गरेको नोटबन्दीका कारण भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूले आर्जित गरेको अवैध रकमलाई सुरक्षित गर्न सुनको रुपमा परिणत गर्नका पनि दुबै कारोबारमा गति आएको आकलन समेत गरिएको छ।

सीमा क्षेत्रमा अत्याधुनिक हतियार एवं बन्दोबस्तीका सामानसहित परिचालित सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बीच पनि अन्तर्राष्ट्रिय अपराधी आर्थिक समूहहरू निर्धक्क कारोबार गरिरहनुले पनि सुरक्षा निकाय माथिको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ। नेपालबाट सङ्गठित रूपमा भइरहेको सुन तस्करीको कारोबारमा केही महिना देखि दिन दुई गुना रात चौगुनाका हिसाबले बढेको व्यवसायीहरू बताउँछन्। तर नियन्त्रण गर्ने निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी भने यस मामिलामा सक्रिय छैन। सीमामा हुन्डीको कारोबारमा केही हदसम्म कार्यवाही देखिए पनि सुनको तस्करीमा खासै बरामद देखिएको छैन।

सुरक्षा सूत्रका अनुसार ‘नेपाल हुँदै तस्करी हुने सुनको मुख्य बजार भारत नै हो, विगतमा ठूलो परिमाणमा समातिएका अधिकांश सुनको गन्तव्य भारत नै रहेको थियो र अहिले पनि छ।’ ‘वर्ल्ड गोल्ड काउन्सिल’ को रिपोर्ट अनुसार सन् २०२१ मा भारतमा ७९७।३ टन सुन खपत भएको विवरण छ। सन् २०२० को तथ्याङ्कको तुलनामा ७८।६ प्रतिशतले सुनको खपत भारतमा बढेको थियो।

भारतको राजस्व अनुसन्धान विभाग ९डीआरआई० को आर्थिक वर्ष २०२१र२२ को वार्षिक प्रतिवेदन अनुसार भारतमा पहिले हवाई मार्गबाट हुने सुन तस्करी उच्च थियो। तर, कानुन कार्यान्वयन गर्ने निकायको सतर्कताका कारण तस्करहरूले नयाँ शैली प्रयोग गरेर सुन तस्करी गरिरहेको उल्लेख छ। ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भिलेन्स बढेपछि स्थलमार्गबाट सुन आउन थालेको छ’ प्रतिवेदनमा भनिएको छ— ‘उत्तरपूर्वी क्षेत्रमा रहेको बंगलादेश, नेपाल, म्यानमारबाट सुन आइरहेको छ।’

राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने डीआरआईले फागुन पहिलो साता चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा नेपाल हुँदै गएको १०१ किलो सुन पटनामा बरामद भएको थियो। डिआरआईले बढाएको अनुसन्धानमा त्रिभुवन विमानस्थलका कतिपय कर्मचारीहरू समेतको सहभागिता देखिएको छ। त्यसले पनि नेपाल भएर सुनको तस्करीको सङ्केतलाई धेरथोर बल पुर्‍याउँछ। डीआरआईका अनुसार, झण्डै ५१ करोड भारतीय रुपैयाँ बराबरको सुन बरामद हुँदा यसमा संलग्न १० जना विदेशीहरू पक्राउ परेका थिए। तीमध्ये ७ जना सुडानी नागरिक थिए।

नेपाली रुटबाट गएर भारत बिहारको पटनामा बरामद भएको १०१ किलो सुन , पेस्ट बनाएर तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पुर्‍याएको अनुसन्धानले देखाएको छ।

चिनियाँ पाटो

सुन वैधानिक बाटोबाट भित्र्याउँदा र तस्करीबाट ल्याउँदा हुने नाफा बीच ठूलो भिन्नता हुनु र सुन आयातमा निश्चित किलोको मार्जिन तोकिनुले तस्करी नरोकिएको बताइन्छ। वैधानिक रुपमा चलेका न्युरोडका अधिकांश सुन पसलले विस्थापित भएका छन्। तर ठमेल भने अहिले सुनको अवैध कारोबारको केन्द्रबिन्दु नै बनेको छ। चिनबाट आउने अधिकांश सुनहरू चिनीका कारोबारीले नेपालीहरूलाई ठमेलकै होटल, रेष्टुरेन्टमा दिन सजिलो मान्ने गरेका छन्। प्रहरीले विमानस्थलबाट नेपाल भएर हुने सुनको कारोबारको र्‍याकेटले ध्वस्त पारेपछि तस्करीको रुट स्थलमार्ग बनेको हो। विगतमा विमानस्थल भएर यूएईबाट नेपाल हुँदै भारतसम्म सुन लैजाने गरेकोमा केही वर्षदेखि यूएईबाट चीनसम्म पुर्‍याएर रसुवामार्फत काठमाडौं हुँदै भारतसम्म लगेको पनि भेटिएको थियो। रसुवाबाट आएको सुनमा यूएईको सुनको ट्रेडमार्क पाइएपछि यसबारे छानबिन गर्न नयाँ रुटबारे खुलेको थियो।

नेपालबाट भारतमा सुन, गाँजा र चरेसको अवैध निर्यात बढेर ठूलो परिमाणमा भित्रिएको भारतीय रुपैयाँका कारण सीमावर्ती बजारमा नेपाली रुपैयाँ बलियो भएको हुनसक्ने सीमा जागरण मञ्च विहार प्रदेश अध्यक्ष रक्सौलका व्यापारी महेश अग्रवालको अनुमान छ। उहाँका अनुसार चीन र अन्य देशबाट भित्रिएर नेपाल हुँदै भारततर्फ निकासी हुने सुन, गाँजा तथा चरेसको तस्करीले नेपाल आउने भारतीय मुद्रा अनौपचारिक बजारमा पर्याप्त भएको हुनसक्छ। त्यस्तो भारु भारत फर्काउन नेपाली मुद्राको माग बढेको हुनसक्ने उहाँको भनाइ छ।

Previous Post

किन पोखराबाट लेखनाथ टुक्र्याउन खोजिँदै छ ?

Next Post

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In