• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

    रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक शनिबार

    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

by
२० असार २०८०,
0
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास ९होमस्टे० मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् । माडी नगरपालिका–१ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई यहाँका बोटे समुदायले आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ ९मान्यजन तथा पाहुनालाई गरिने सम्मान० गरेर पाहुनालाई स्वागत गर्दछन् । घरबास सञ्चालन गरेपछि उनीहरुलाई बिन्ती बाटीसँगै बोटे होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ ।

माडी नगरपालिका–१ की रीताले बोटे हिजोआज कामका लागि खोलानाला र वनजङ्गल जानु नपरेको बताए । घरबासमा आउने पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उनले अब दुःखका दिन क्रमशः हट्दै गएको बताइन् । “गुजारा चलाउनका लागि माछा मार्न जाने, जङ्गलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्नुपथ्र्यो”, उनले भनिन्, “आर्थिक अभावका कारण परिवारसहितको जीवन चलाउन धौ–धौ थियो, घरबास सञ्चालनमा आएपछि अहिले जीविकोपार्जनमा सहज भएको छ ।”

रीताको मात्र होइन गाउँका अन्य महिलाको पनि अहिले घरबासको व्यवस्थापन र पाहुनाको स्वागतसत्कारमा दैनिकी बित्ने गरेको छ । बोटे टोलका फुलमाया बोटेले घरबास सञ्चालनबाट आएको रकमले जीवनमा परिवर्तन ल्याएको बताइन् । “यहाँबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउनेलगायत काममा खर्च गर्न धेरै सजिलो भएको छ”, उनले भनिन् ।

बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताइन् । “चितवन राष्ट्रिय निकुञ्जले जनचेतनामूलक कार्यक्रम गरेपछि घरबास निर्माणमा लागेका हौँ”, उनले भनिन्, “पहिला वन्यजन्तुबाट पीडित बनेका हामी अहिले वन्यजन्तु देखाएर पर्यटक भित्र्याउने गरेका छौँ ।” उनले निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत दिगो जीविकोपार्जनसम्बन्धी तालिम लिएको घरबास सञ्चालन गरिएको जानकारी दिए ।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ । घरबास बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम ९ताल० ले आर्थिक सहयोग गरेका छन् । रू १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुईकोठे होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन् ।

यहाँका होमस्टेमा एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिए । उनका अनुसार यहाँ आउने पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन् ।
“होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम हुन्छ । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनीलगायत कला र नाच प्रदर्शन गरिन्छ”, जगनारायणले भने । उनका अनुसार जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाँच हुन् ।

घरबास खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायणको भनाइ थियो । पाहुनालाई होमस्टेबाट पाँच सय मिटर पर रहेको गोद्दकनाथ मन्दिर, एक किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, चार किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराउने गरिएको उनले बताए ।
घरबासको अझै प्रचार–प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक अझै बढ्ने जगनारायणको भनाइ थियो । यस अवधिमा पाँच हजार बढीले घरबासबाट सेवा लिएको भन्दै उनले काठमाडौँ, पोखरालगायत स्थानबाट यहाँ पर्यटक आउने गरेको बताए । “कतिपय चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पनि आएका छन्”, उनले भने, “पहिचान झल्कने घर र संस्कर–संस्कृतिले उहाँहरुलाई आकर्षित गरेको छ ।”

होमस्टे सञ्चालनमा आएपछि स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह गठन गरेर रकम सङ्कलन गर्ने र व्यवसाय गर्न चाहनेलाई छ प्रतिशत ब्याजमा ऋणसमेत दिने व्यवस्था गरिएको छ । यसले लघुवित्तको समस्याबाट यहाँका बासिन्दाले छुटकरा पाउँदै जान थालेको तराई भूपरिधि कार्यक्रम ९ताल० का कार्यक्रम संयोजक प्रेम पौडेलले बताए । उनले कार्यक्रममार्फत स्थानीयलाई विभिन्न आयआर्जनका काममा सहयोग गरिरहेको बताए ।

पाँचपाण्डब मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नारायण सापकोटाले घरबास निर्माणका लागि मध्यवर्तीले पनि आवश्यक सहयोग गरेको बताए । उनले घरबास निर्माणपछि यहाँका बोटे समुदायका मानिस जङ्गल जाने क्रम कम भएको र मानव–वन्यजन्तुबीचको द्वन्द्व पनि कम भएको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका नगरिकको जीविकोपार्जन र आयआर्जनलाई व्यवस्थित बनाउन घरबासले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । उनले निकुञ्जसँग जोडिएका बस्तीका आदिवासी र पछाडि परेका समुदायलाई घरबासमार्फत आयआर्जन सिर्जना गर्नका लागि निरन्तर सहयोग गरिने बताए ।

Previous Post

अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश

Next Post

ऐसेलु भूमेः दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

सम्बन्धित खबर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

१२ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक शनिबार

१२ असार २०८३,
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
Load More
Next Post
ऐसेलु भूमेः दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

ऐसेलु भूमेः दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In