• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन

by
१३ असार २०८०,
0
यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउन आग्रह गरेको छ ।

मेयर बाले शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिएका छन् ।

यस्तो छ बालेन शाहको स्ट्याटसः

बित्तिय जोखिमबाट बचौँ, सहकारीहरूलाई संकटग्रस्त हुनबाट बचाऔँ

सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध

बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् ।  तरलताको अभाव सृजना भएको सर्वविदितै छ ।  महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।

सहकारी संस्थाहरुमा अनुरोधः

—  तोकिएको समयमा  सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।

— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्नुहोला ।

— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।

— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।

— शेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।

— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोबार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।

— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।

— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।

— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।

— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।

— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

सदस्यरबचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।

— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।

— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।

— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।

— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।

– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्नुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोबार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।

— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।

— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In