• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पात्र र कलाकार फरक हुन्ः शिल्पा मास्के

by
८ असार २०८०,
0
पात्र र कलाकार फरक हुन्ः शिल्पा मास्के
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन्।

अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ। त्यसैले उनी छनौटमा विशेष ध्यान दिन्छिन्। चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा छिन्।

यसमा उनले रेडियोकर्मीको भूमिका निर्वाह गरेकी छन्। मेरो पात्रको नाम आव्या हो। उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्, उनले पात्रको बारेमा जानकारी दिइन्, यद्यपि परिवार र समाजको कारणले आफूभित्र रहेका असन्तुष्टिलाई दबाउँदै विवाहित जीवनलाई निर्वाह गरिरहेकी छन्।

सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्के ‘बोल्ड’ देखिएकी छिन्। उनलाई यो भूमिका प्रस्ताव आउँदा डर पनि लागेको थियो।

किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ। मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ। त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ, उनले भने।

उनलाई ‘बोल्ड दृश्य दिएकोरु’ भन्ने पनि छन् तर, अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउँछिन्। उनी चलचित्रमा वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिँदै छिन्।

अविवाहित भएकाले पात्रलाई जीवन्त बनाउन उनले केही अनुसन्धान पनि गरिन्। विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण बुझेर मात्र चलचित्रको पात्रलाई प्रस्तुत गर्न मानसिकरूपमा उनी तयार भएको बताउँछिन्।

चलचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ। यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर ती कलात्मक शैलीमा छायाङ्कन गरिएको छु, अभिनेत्री मास्केले भनिन्। उनले यो भूमिकालाई निर्वाह गर्ने सहमति दिनुमा निर्माण टिम पनि कारक छ। किनकि निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ तर, मलाई टिमसँग विश्वास थियो।

उनले पात्रका विषयमा छायाङ्कनअगावै गरिने कार्यशालामा पूर्णरूपमा स्पष्ट भएको बताइन्। उनले निर्माण समूहसँग काम गर्नुमा ‘पशुपति प्रसाद’ जस्ता चलचित्र निर्देशन गरेका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा रहेको कारण बताए।

निर्देशक खनालसँग काम गर्ने इच्छा थियो। समाजकै घटनालाई काल्पनिक पात्रमार्फत प्रस्तुत गर्न किन हिच्किचाउने भनेर आफैँलाई सम्झाएर आव्या बन्न तयार भएँ, अभिनेत्री मास्केले भने।

चलचित्रमा उनीसँगै अभिनेता कोसिस क्षेत्री, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

Previous Post

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी

Next Post

नमोबुद्ध परिसरका अनियमित संरचना हटाइँदै

सम्बन्धित खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आवाज

गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

२९ जेष्ठ २०८३,
Load More
Next Post
नमोबुद्ध परिसरका अनियमित संरचना हटाइँदै

नमोबुद्ध परिसरका अनियमित संरचना हटाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In